Kathmandu Press

‘कला, साहित्यमा मदन भण्डारी’ विमोचित

बहुआयामित व्यक्तित्व भण्डारीका रचना तथा कला साहित्यमा उनले दिएका सिर्जना र योगदालाई समेटेर विज्ञ एवं समालोचकहरूबाट लिखित अनुसन्धानमूलक सामग्री उक्त ग्रन्थमा राखिएका छन्। 
‘कला, साहित्यमा मदन भण्डारी’ विमोचित

काठमाडौं, असार १६ : राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल र मकालु प्रकाशन गृहले जननेता मदनकुमार भण्डारीको ७३औं जन्मजयन्तीका अवसरमा ‘कला साहित्यमा मदन भण्डारी’ ग्रन्थ प्रकाशनमा ल्याएको छ। 

महासंघद्वारा शनिबार आयोजित कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले उक्त कृति विमोचन गरे।

Hardik ivf

बहुआयामित व्यक्तित्व भण्डारीका रचना तथा कला साहित्यमा उनले दिएका सिर्जना र योगदालाई समेटेर विज्ञ एवं समालोचकहरूबाट लिखित अनुसन्धानमूलक सामग्री उक्त ग्रन्थमा राखिएका छन्। 

सोही अवसरमा महासंघद्वारा प्रकाशित ‘मदन’ शोककाव्यको दोस्रो संस्करणको लोकार्पण पनि गरिएको थियो।

नेता ज्ञवालीले आवश्यक परेमा पद होइन, जीवन नै बलिदान गर्ने उद्घोष गर्ने नेपाली राजनीतिका अत्यन्त सुस्पष्ट वक्ताको छवि मदन भण्डारीले निर्माण गरेको र छोटो जीवन बाँचेका कारण कला, साहित्य र संस्कृतिका बारेमा उहाँले थोरै तर महत्त्वपूर्ण एवं रुपान्तरणकारी रचना पस्किएको बताए।

एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले ‘मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्ने विचारका प्रणेता, वर्गीय र जनमुखी प्रजातन्त्रका पक्षधर र नेपाल राष्ट्रले खोजेको नेताका रूपमा विश्वमा परिचित स्वर्गीय भण्डारीले कला साहित्यमा पनि उत्तिकै योगदान दिएको बताए।

महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले आगामी दिनमा ‘जबज र समृद्ध नेपाल सुखी नेपाली’ शीर्षकमा बृहत्तर ग्रन्थ प्रकाशन गर्नेसमेतको सोच रहेको जानकारी दिए।

प्रकाशित मिति: ११:३० बजे, आइतबार, असार १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्