सुनिल खड्काले जिते ‘कमेडी च्याम्पियन ३’ को उपाधि
शनिबार साँझ भएको फाइनलमा ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै सुनिल च्याम्पियन बनेका हुन्।
काठमाडौं, असार १५ : कमेडि रियाली शो ‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि काठमाडौंका सुनिल खड्काले जितेका छन्।
शनिबार साँझ भएको फाइनलमा ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै सुनिल च्याम्पियन बनेका हुन्।
विजेता भएसँगै उनले नगद पच्चीस लाख, कारसहित विभिन्न आकर्षक उपहार प्राप्त गरे।
भोटका आधारमा सुनसरीका ऋषभ काफ्ले फस्ट रनरअप र नवलपरासीकी सुयशा खनाल सेकेण्ड रनरअप बने।
प्रतियोगिताको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए।
प्रकाशित मिति: ०७:४० बजे, आइतबार, असार १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












