Kathmandu Press

‘संविधान अपुरो हुनुमा माओवादी सरकार जिम्मेवार छ’

‘पहिलो उद्योग क्षेत्र मर्यो, अहिले कृषि क्षेत्र चौपट हुँदैछ। त्यसैले अहिले युवाहरु पलायन भइरहेका छन्। अनि सरकारले यो देशमा यति कर्मचारी पठाए भनेर समाचार छाप्न लगाउँछ,’ उनले भने, ‘यही हो वामपन्थी सरकार, यही हो माओवादी सरकार? म कसैलाई व्यक्तिगत दोष दिन चाहन्न तर यो संरचनात्मक समस्याहरु हुन्।’
‘संविधान अपुरो हुनुमा माओवादी सरकार जिम्मेवार छ’

काठमाडौं, असार १५ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष बाबुराम भट्टराईले तत्कालिन माओवादी सरकारले संविधान बनाउन नसक्दा संविधान अपुरो भएको टिप्पणी गरेका छन्।

शनिबार एन्टिथेसिस पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले अपुरो संविधान बनेकै कारण कार्यान्वयनमा जटिलता आएको बताएका छन्।

Hardik ivf

‘माओवादीले संविधान बनाउन पाएको भए योभन्दा राम्रो बन्थ्यो । हामी अझै १५, २० वर्षसम्म जान सक्थ्यौं,’ उनले भने, ‘तत्कालिन माओवादी सरकारले संविधान निर्माण गर्न नसक्दा संविधान अपुरा बन्यो। अपुरो संविधान छ । संविधान अुनसारका कानून बनेका छैनन्।’

अपुरो संविधान बनेकै कारण प्रर्याप्त कानून बनाउन नसकिएको उनको भनाइ छ।

कम्युनिष्ट पार्टीहरुले लामो समय सरकार चलाएको भएपनि परराष्ट्र नीति र शिक्षा नीति बनाउन नसकेको भट्टराईको आरोप छ।
 
‘पहिलो उद्योग क्षेत्र मर्यो, अहिले कृषि क्षेत्र चौपट हुँदैछ। त्यसैले अहिले युवाहरु पलायन भइरहेका छन्। अनि सरकारले यो देशमा यति कर्मचारी पठाए भनेर समाचार छाप्न लगाउँछ,’ उनले भने, ‘यही हो वामपन्थी सरकार, यही हो माओवादी सरकार? म कसैलाई व्यक्तिगत दोष दिन चाहन्न तर यो संरचनात्मक समस्याहरु हुन्।’

प्रकाशित मिति: २०:०६ बजे, शनिबार, असार १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्