‘नेपालमा कम्युनिष्ट नेताहरुकै पहलमा ठूलो परिवर्तन’
‘कम्युनिष्ट पार्टीहरु अब गम्भीर हुने बेला भएको छ। कम्युनिष्टको पहलमा नेपालमा ठूलो परिवर्तनहरु भएका छन्। अहिले पनि देश र समाजको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा छ।’
काठमाडौं, असार १५ : नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट नेताहरु भाषण गर्नमा मात्र नभई समाज परिवर्तन गर्न र विकासको ढोका खोल्न समेत निपूर्ण रहेको दाबी गरेका छन्।
शनिबार राजधानीमा आयोजित पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट नेताहरुकै पहलमा नेपालमा ठूला ठूला परिवर्तन भएको दाबी गरे।
‘कम्युनिष्ट नेताहरु भाषणमा मात्र होइन समाजमा परिवर्तन र विकासको ढोका खोल्न पनि निपूर्ण छौं। अहिले नेपालको कम्युनिष्ट आन्दोलन उकाली–ओराली, विघटन–पुनर्गठन हुँदै अगाडि बढिरहेको छ,’ उलने भने, ‘तर कम्युनिष्ट पार्टीहरु अब गम्भिर हुने बेला भएको छ। कम्युनिष्टको पहलमा नेपालमा ठूलो परिवर्तनहरु भएका छन्। अहिले पनि देश र समाजको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा छ।’
नेपालको राष्ट्रिय राजनीतिमा कम्युनिष्ट आनदोलनले ठूलो भूमिका खेलेको अध्यक्ष नेपालको भनाइ छ। उनले आफू पनि पुष्पलालकै अनुयायी भएके बताए।
‘हामी सबै पुष्पलालकै शिष्य हौं, म आफैं पनि पुष्पलालकै अनुयायी हुँ। पुष्पलालजी र नक्सलवादी पार्टीबाट प्रभावित भएर नयाँ जोस र क्रान्तिका साथ अगाडि बढ्नुपर्छ भनेर नयाँ यात्रा प्रारम्भ गरेका थियौं,’ उलने भने, ‘र त्यसैले आज हामी नेपालको कम्युनिष्ट आन्दोलन देखिरहेका छौं।’









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)