खानीखोलाका जनप्रतिनिधि लौरो र छाता बोकेर घरघरमा
विकट भूगोल भएकाले हिडडुल गर्न सेवाग्राहीले सास्ती बेहोरेपछि वडामै पुगेर सेवा दिएको पालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ)ले जानकारी दिए। बर्षादको समयमा घण्टौं हिँडेर आउँदा सेवाग्राहीले सास्ती बेहोरिरहेको देखेपछि वडाबाट छाता र लौरो उपलब्ध गराउन थालेको उनले बताए।काभ्रे, असार १५ : खानीखोला गाउँपालिकाका वडा नस् ५ तालढुङ्गा वडा कार्यालयबाट जनप्रतिनिधिहरुले लौरो र छाता बोकेर जनताको घरैमा पुगेका छन्। सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई हिँडडुल गर्न र पानीबाट जोगिन सहयोग होस् भनेर छाता उपहार दिइएको गाउँपालिकाले जनाएको छ।
विकट भूगोल भएकाले हिडडुल गर्न सेवाग्राहीले सास्ती बेहोरेपछि वडामै पुगेर सेवा दिएको पालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ)ले जानकारी दिए। बर्षादको समयमा घण्टौं हिँडेर आउँदा सेवाग्राहीले सास्ती बेहोरिरहेको देखेपछि वडाबाट छाता र लौरो उपलब्ध गराउन थालेको उनले बताए।
‘जनप्रतिनिधिले जेष्ठ नागरिककालाई मायाँको चिनो स्वरुप बितरण गरेको बताए। वडा नं. ५ पालिकाकाकै केन्द्र भएकोले भत्ता लिन आउन गाउँपालिकाको केन्द्रमै बैंक रहेकाले बैंकसम्म आउन अरु वडाको तुलनामा अलि सहज भएकोले सुरक्षा भत्ता बैठकबाटै वितरण थालिएको हो,’ उनले भने।
खानीखोला जिल्लाको विकट गाउँपालिकामध्येमा पर्छ। गाउँपालिकाको केन्द्र ज्येष्ठ नागरिक, अशक्त, एकल र विधवालाई वडामै पुगेर छाता र लौरो उपलब्ध गराइएको हो। सिंगो गाउँपालिका नै जनताको वडा वडामै पुगेपछि खाली हात नजाने भन्दै छाता र लौरो उपहारसमेत गाउँपालिकाले उपलब्ध गराएको छ।
आज असार १५ धान दिवस तथा दही चिउरा खाने दिन भएकोले गाउँपालिकाले छाता र लौरो उपहार दिएपछि दही चिउरा खाएर असार १५ मनाएको छ। यहाँका नागरिक निकै खुसी छन्। ७८ वर्षका बलबहादुर श्रेष्ठले स्थानीय सरकार भएको अनुभूति भएको बताए।
पहिलो चरणमा गाउँपालिकाको केन्द्रसम्म सहज यातायातको पँहुच नभएका वडास्तरबाट भत्ता वितरण सुरु गरेको हो। त्यसको सुरुवात वडा नं ४ बाट गरिएको छ।
यातायात र बैंकसँगको पहुँच नभएका, वृद्धवृद्धा, अशक्त अपाङ्गता भएका नागरिकलाई पालिकाले दिएको सेवाबाट यहाँका नागरिक निक्कै खुसी देखिएका छन्।
गाउँपालिकामा १सामाजिक सुरक्षा भत्ता लिने हजार १ सय ७ जना छन् भने वडा नं. ५ बाट १०९ जना रहेको वडाध्यक्ष बुद्धि बहादुर स्याङ्तानले बताए।
गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्वाले आफ्ना नागरिकले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणको माग गरेपछि भत्तासँगै लौरो र छाता लिएर पुगेको जानकारी दिए।