Kathmandu Press

चक्रपथ विस्तारमा ढिलाइ भएको भन्दै नेता पौडेल दबाब यात्रामा

सरकारले महत्त्वपूर्ण परियोजनालाई अलपत्र पारेर नागरिकको स्वास्थ्यसँग खेलबाड गरिरहेको आरोप लगाउँदै नेता पौडेलले सरोकारवालालाई जिम्मेवार बनाउन दबाब यात्राको आयोजना गरेका हुन्।
चक्रपथ विस्तारमा ढिलाइ भएको भन्दै नेता पौडेल दबाब यात्रामा

काठमाडौं, असार १५ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा चक्रपथ विस्तारको काम शीघ्र अघि बढाउन माग गर्दै दबाब यात्रा गरिएको छ।

शनिबार विहान कलंकीबाट सुरु भएको यात्रा चक्रपथको कलंकी–सीतापाइला–स्वयम्भू–बालाजु–सामाखुसी–वसुन्धरा हुँदै धोवीखोला भएर अघि बढेको हो।

Hardik ivf

सडक विस्तारको काम ढिला भएको र सर्वसाधारणले समस्या भोग्न परेको भन्दै विरोध स्वरूप पैदलयात्रा गरिएको हो। सरकारले चक्रपथ विस्तारका लागि ६ वर्ष अघि धमाधम रुख काटेर नयाँ लेन बनाउने भनिए पनि सो काम अलपत्र छ।

काठमाडौँको रिङरोड समयमै निर्माण सम्पन्न नहुँदा धुँवा धुलोले यहाँको वातावरणदेखि स्थानीय बासिन्दा र सर्वसाधारण जनताको स्वास्थ्यमा प्रत्यक्ष रूपमा गम्भीर असर परिरहेको छ।

सरकारले महत्त्वपूर्ण परियोजनालाई अलपत्र पारेर नागरिकको स्वास्थ्यसँग खेलबाड गरिरहेको आरोप लगाउँदै नेता पौडेलले सरोकारवालालाई जिम्मेवार बनाउन दबाब यात्राको आयोजना गरेका हुन्।

प्रकाशित मिति: १७:४८ बजे, शनिबार, असार १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्