Kathmandu Press

सरकारले दिने स्रोतसाधन प्रायः सबै क्षेत्रमा कमी आएको छ : मन्त्री चौधरी

शान्ति सुरक्षा कायम गर्नका निम्ति सुरक्षा निकायको विशेष भूमिका रहेको भन्दै उनले जो जहाँ छ त्यो व्यक्ति वा निकायले देश र समाजका निम्ति विशेष भूमिका खेल्नुपर्ने बताइन्।
सरकारले दिने स्रोतसाधन प्रायः सबै क्षेत्रमा कमी आएको छ : मन्त्री चौधरी

सुनसरी, असार १५ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्ने बताएका छन्।

शनिबार नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीले राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्।

Hardik ivf

शान्ति सुरक्षा कायम गर्नका निम्ति सुरक्षा निकायको विशेष भूमिका रहेको भन्दै उनले जो जहाँ छ त्यो व्यक्ति वा निकायले देश र समाजका निम्ति विशेष भूमिका खेल्नुपर्ने बताइन्।

सूचना क्षेत्र, सञ्चारको क्षेत्रमा, शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा नेपाली सुरक्षाकर्मीको भूमिका महत्त्वपूर्ण रहेको बताइन्। मन्त्री चौधरीले भनिन्, ‘सुरक्षा निकायमा काम गर्ने सबै व्यक्तिहरूले, अन्य सार्वजनिक सेवामा काम गर्ने व्यक्तिहरूले पनि घरपरिवार सबै छाडेर देशको सेवामा आफूलाई समर्पित गर्दै आउनुभएको छ। त्यस कार्यप्रति हामी उच्च प्रशंसा गर्दछौँ।’

सकारात्मक सोचका साथ अगाडि बढ्न समेत आग्रह गर्दै मन्त्री चौधरीले मुलुक बनाउनका निम्ति, नेपालको रक्षा गर्नका निम्ति, मुलुकको उर्वराको रक्षा गर्नका निम्ति सबैले भूमिका खेल्नुपर्ने बताइन्।

धान दिवसलाई राष्ट्रिय उत्सवको रूपमा मनाउँदै आएको भन्दै उनले यो दिवसले किसान र कृषि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताइन्। ‘परम्परागतदेखि नै असारमा केही न केही कार्यक्रम गर्दै आएको पाइन्छ । २०६१ सालदेखि नेपाल सरकारले असार १५ गतेलाई धान दिवस मनाउँदै आएको हो,’ उनले भनिन्।

 

प्रकाशित मिति: १७:४६ बजे, शनिबार, असार १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्