Kathmandu Press

‘गुटका कारण कम्युनिष्ट आन्दोलनलाई ठूलो धक्का लाग्यो’

‘गुटबन्दी नहोस, नेताहरु मिलेर अगाडी बढ्नुहोस, गुटले धेरै ठूलो क्षति पु¥याएको छ। विगतमा पनि गुटले गर्दा कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खाएको थियो,’ उनले भने, ‘त्यसैले आउँदो महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने संकल्पका साथ अगाडि बढेका छौ। यसको साथै कम खर्चमा सहज तरिकाले सम्पन्न हुने हिसाबले अगाडि बढेका छौ।’
‘गुटका कारण कम्युनिष्ट आन्दोलनलाई ठूलो धक्का लाग्यो’

काठमाडौं, असार १५ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने संकल्पका साथ अगाडि बढेको बताएका छन्।

१०औँ राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा गुटका कारण कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खाएको भन्दै अब एकताका साथ अगाडि बढ्ने बताए।

Hardik ivf

‘गुटबन्दी नहोस, नेताहरु मिलेर अगाडी बढ्नुहोस, गुटले धेरै ठूलो क्षति पु¥याएको छ। विगतमा पनि गुटले गर्दा कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खाएको थियो,’ उनले भने, ‘त्यसैले आउँदो महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने संकल्पका साथ अगाडि बढेका छौ। यसको साथै कम खर्चमा सहज तरिकाले सम्पन्न हुने हिसाबले अगाडि बढेका छौ।’

नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद अत्यन्तै खतरनाक रुपमा देखा परेको भन्दै यस्तो प्रवृत्तिबाट पार्टीलाई जोगाउन र समाजवादको दिशामा अघि बढाउन आवश्यकता रहेको अध्यक्ष नेपालले बताए।

‘जोसँग आँट र संकल्प छैन् त्यसले केही गर्न सक्दैँन्, यस अर्थमा हामीले नेपालको राजनीतिमा हाम्रो विशिष्ट स्थानलाई स्थापित गर्नुपर्ने आवश्यकता छ,’ उलने भने, अगाडि बढ्ने क्रममा कमि कमजोरीहरु हुन्छन् । त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता पर्छ।’

नेकपा एस घटनाक्रमलाई निर्णायक मोड दिने, सक्रिय हस्तक्षेप गर्ने, नेपाली राजनीति दिशाबोध गर्ने क्षमता भएको पार्टी भन्दै यसले प्रत्येक चुनौतिको सफलताका साथ सामना गर्दै आएको पनि उनको भनाइ छ।  

प्रकाशित मिति: १४:०५ बजे, शनिबार, असार १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्