Kathmandu Press

पार्टीभित्र गुटबन्दी नभएको झलनाथ खनालको दाबी

‘कहिले होटलमा, कहिले रेस्टुरेन्टमा होला, कहिले घरमा यस्ता छलफलहरु भइरहन्छ। यो गुटबन्दी होइन, एक आपसको छलफलको कुरा हो। गुटबन्दी नै साँच्चै भएको छ भने चाँही त्यो गलत कुरा हो, पार्टीले त्यसको विरोध गर्छ।’
पार्टीभित्र गुटबन्दी नभएको झलनाथ खनालको दाबी

काठमाडौं, असार १५ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीभित्र गुटबन्दी लागू नहुने दाबी गरेका छन्।

महाधिवेशका बारेमा जानकारी दिन अयोजित पत्रकार सम्मेलनमा उनले आफूहरुले पार्टीभित्र गुटबन्दी नचाहेको र पार्टीलाई आपसी छलफल र बहसमार्फत अघि बढाउन प्रतिबद्ध रहेको बताए।  

आफूलाई गुटबन्दी भन्ने थाहै नभएको चर्चा गर्दै नेता खनालले पार्टीभित्र गुटबन्दी नहुने दाबी गरे।

Hardik ivf

‘जहाँसम्म गुटगत भेलाका कुरा छन् मैले त्यो गुटबन्दी भन्ने चिज जान्दै जान्दिनँ।  उहाँहरुले नि गर्नुभएको जस्तो मलाई लाग्दैन। हामी नेताहरुसँग विभिन्न कमरेडहरु आउनुहुन्छ, कहिले यता कहिले उता छलफल गर्छौ,’ उलने भने, ‘कहिले होटलमा, कहिले रेस्टुरेन्टमा होला, कहिले घरमा यस्ता छलफलहरु भइरहन्छ। यो गुटबन्दी होइन, एक आपसको छलफलको कुरा हो। गुटबन्दी नै साँच्चै भएको छ भने चाँही त्यो गलत कुरा हो, पार्टीले त्यसको विरोध गर्छ।’

उनले पार्टीभित्र गुटबन्दी आफूहरुले नचाहेको उल्लेख गर्दै त्यसका विरुद्ध पार्टी दृढ प्रतिबद्ध रहेको बताए।  

नेता खनालले जसको नीति उसकै नेतृत्व भन्ने मूल आधारमा पार्टी सञ्चालन गर्ने बताए। साथै नेकपा एसले पूरानै पदाधिकारी संख्यालाई निरन्तरता दिएको प्रस्ट्याए।

‘पार्टी संगठन भनेकै कमरेडहरुलाई व्यवस्थापन गर्ने संरचना हो, यो स्वभाविक हो । पार्टीको सातौं महाधिवेशनसम्म एउटा नेता भए आठौंदेखि विभिन्न पदहरु सिर्जना गर्यौं। त्यही पदको आधारमा व्यवस्थापन गर्दै आएको हो,’ उनले भने, ‘विचार र व्यवस्थापन दुवैको सन्तुलन मिलाएर हामी अगाडि बढ्नुपर्ने हुन्छ। पार्टी सुुरु गर्दा पनि २१ वटै पदाधिकारी थिए,अहिले पनि त्यसैलाई कायम गरौं भन्ने सहमति भएको हो, धेरै बढाएको भन्ने कुरा होइन।’

उनले कसलाई कुन पद दिने भन्ने सन्दर्भमा आन्तरिक छलफल गरिरहेकाले चाँडै सो विषय टुंग्याउने जानकारी दिए। यस्तै उनले पार्टीभित्र गुटबन्दी नहुने बताए।

खनालले पार्टीको महाधिवेशनले नयाँ वैचारिक भूकम्प सिर्जना समेत जिकिर गरेका छन्। संविधानमा समाजवाद भएपनि त्यसको व्याख्या नभएको बताएका खनालले व्याख्या आफ्नो पार्टीले गर्ने बताए।

प्रकाशित मिति: १४:०० बजे, शनिबार, असार १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्