Kathmandu Press

‘नीति एउटा पारित हुने, तर नेतृत्वमा अर्को आउने प्रवृत्ति गलत’

‘दुनियाँलाई थाहा छ कि कम्युनिष्ट पार्टीमा एउटा दुर्घटना भयो। नीति एउटा पारित भयो र नेतृत्व अर्को आयो,’ उनले भने, ‘यस्तो अंसगतीका कारणले गर्दा जे भइरहेको छ यसले कम्युनिष्ट आन्दोलनमा यही निराशा छ । अस्तव्यस्त छ भने त्यसकारणले छ।’
‘नीति एउटा पारित हुने, तर नेतृत्वमा अर्को आउने प्रवृत्ति गलत’
फाइल तस्बिर।

काठमाडौं, असार १५ : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नीति एउटा पारित हुने तर नेतृत्व अर्को आउने प्रवृत्तिले कम्युनिष्ट पार्टीमा दुर्घटना हुने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टीको महाधिवेशन तयारीबारे जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा उनले नीति एउटा पारित हुने तर नेतृत्व अर्को आउने प्रवृत्तिले कम्युनिष्ट पार्टीमा दुर्घटना निम्त्याउनका साथैै मुलुक नै अस्तव्यस्त भएको बताए।

Hardik ivf

‘दुनियाँलाई थाहा छ कि कम्युनिष्ट पार्टीमा एउटा दुर्घटना भयो। नीति एउटा पारित भयो र नेतृत्व अर्को आयो,’ उनले भने, ‘यस्तो अंसगतीका कारणले गर्दा जे भइरहेको छ यसले कम्युनिष्ट आन्दोलनमा यही निराशा छ । अस्तव्यस्त छ भने त्यसकारणले छ।’

उनले महाधिवेशनले समाजवादी पार्टीको दस्तावेज पारित गर्ने मात्र नभई आगामी दशकौंसम्म नेपालको कम्युनिष्ट आन्दोलनलाई दिशा निर्देश गर्ने दावी गरे।  

प्रकाशित मिति: १३:५३ बजे, शनिबार, असार १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्