Kathmandu Press

रौतहटमा बस दुर्घटना १ जनाको मृत्यु, ८ जना घाइते

गौरबाट भैरहवा तर्फ जाँदै गरेको ना७ख ८४१४ नम्बरको बस शनिबार बिहान गौर चन्द्रपुर सडक खण्डअन्तर्गत गरुडा नगरपालिका वडा नम्बर–१ स्थित जयनगर चोकमा अनियन्त्रित भएर पल्टिएको थियो।
रौतहटमा बस दुर्घटना १ जनाको मृत्यु, ८ जना घाइते

रौतहट, असार १५ : रौतहटको जयनगर चोक नजिकमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ यात्रु घाइते भएका छन्।

गौरबाट भैरहवा तर्फ जाँदै गरेको ना७ख ८४१४ नम्बरको बस शनिबार बिहान गौर चन्द्रपुर सडक खण्डअन्तर्गत गरुडा नगरपालिका वडा नम्बर–१ स्थित जयनगर चोकमा अनियन्त्रित भएर पल्टिएको थियो।

Hardik ivf

सो दुर्घटनामा माधवनारायण नगरपालिका वडा–३ भेल्हीका १८ वर्षीया छोरी नेहाकुमारी गिरी रहेकी छन्।

दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेको शिवनगर र गरुडाका अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १०:४९ बजे, शनिबार, असार १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्