रसायिनक मलको अभाव हुँदैन, किसानले समयमै पाउँछन् : प्रधानमन्त्री
‘पोहोर साल मलको खासै अभाव भएको सुनिएन। यस वर्ष पनि हामी रासायनिक मलको राम्रो तयारीमा छौँ, मलको अभाव हुन दिइँदैन,’ उनले भने।(3)-1719586298.jpeg)
चितवन, असार १४ : प्रधानमन्त्री पुष्पकमल दाहालले यो वर्ष पनि किसानलाई समयमै रासायनिक मल उपलब्ध हुने बताएका छन्।
शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्रीले यस वर्ष रासायनिक मलको राम्रो तयारीमा रहेको भन्दै मलको अभाव हुन नदिने बताए।
‘पोहोर साल मलको खासै अभाव भएको सुनिएन। यस वर्ष पनि हामी रासायनिक मलको राम्रो तयारीमा छौँ, मलको अभाव हुन दिइँदैन,’ उनले भने।
चितवनका केरा किसानलाई बीमा वापतको रकम उपलब्ध गराउन सरकार गम्भीर भएर लागेको उल्लेख गर्दै प्रधानमन्त्रीले सकेसम्म चाँडो किसानका समस्या समाधान गर्न लागिपरेको स्पष्ट पारे।
जनताले अनुभूत गर्नेगरी परिणाम दिन सरकार क्रियाशील रहेको उनले बताए।
प्रकाशित मिति: २०:३६ बजे, शुक्रबार, असार १४, २०८१
प्रतिक्रिया दिनुहोस्









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)