Kathmandu Press

‘संविधान जोगाउन विद्रोह बाहेक विकल्प थिएन’

‘संविधान जोगाउन विद्रोह बाहेक विकल्प थिएन’

काठमाडौं, असार १४ः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधान जोगाउन विद्रोहबाहेक अर्को कुनै विकल्प नभएको बताएका छन्।

आज ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रममा उनले मुलुकलाई सही दिशामा अगाडि बढाउन र कम्युनिस्ट आन्दोलनलाई जोगाउन विद्रोहबाहेक विकल्प नभएको बताएका हुन्।

Hardik ivf

उनले भने, ‘विद्रोहबाहेक अर्को कुनै विकल्प थिएन। विद्रोह गरेर संविधान बचायौं हामीले। विद्रोह गरेर हामीले राजनीतिक स्थिरता कायम ग¥यौं। विद्रोह गरेरै हामीले मुलुकलाई सही दिशामा अगाडि बढाउनका लागि भूमिका निर्वाह ग¥यौं। अत्यन्तै सही काम ग¥यौं। कम्युनिस्ट आन्दोलनलाई जोगायौं। गलत प्रवृत्तिका विरुद्धमा जुध्यौं र आन्दोलनलाई नयाँ उचाईमा पु¥याउनका लागि फेरि पनि पार्टीलाई क्रान्तिकारीकरण गर्नका लागि नयाँ पार्टी निर्माण गर्नुपर्ने काम पनि गरेका थियौं।’

यस्तै, उनले विद्रोह गरेर न्यायोचित काम गरेको भन्दै पार्टीको कामबाट समाजमा भूमिकालाई स्थापित गरेको बताए ।

उनले भने, ‘हामी हराइसकेका हुन्थ्यौं। हामीले गल्लीमा भड्किरहनुपर्ने स्थिति बन्थ्यो। आत्मसर्मपण गर्नुपर्ने अवस्था बन्थ्यो। हामीले ती सबै कुराहरूलाई स्वीकार गरेनौं। हामीले समर्पण गरेनौं। धेरै मान्छेलाई निराश हुनबाट जोगायौं। कम्युनिस्ट आन्दोलनलाई निरन्तरता दियौं। र, सिंगो देशमा हाम्रो छुट्टै उपस्थिति अहिलेसम्म देखाएका छौं। हाम्रो भूमिकालाई स्थापित गरेका छौं।’

प्रकाशित मिति: १९:२८ बजे, शुक्रबार, असार १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्