Kathmandu Press

‘बिचौलीयाहरुको स्वार्थको कारण दुग्ध किसानहरुको बक्यौता भुक्तानी हुन सकेन’

‘बिचौलीयाहरुको स्वार्थको कारण दुग्ध किसानहरुको बक्यौता भुक्तानी हुन सकेन’

काठमाडौं, असार १४ः कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वाला कुमारी साहले बिचौलीयाहरुको स्वार्थको कारण दुग्ध किसानहरुको बक्यौता भुक्तानी गर्न नसकिएको बताएकी छिन्।

शुक्रबार नेपाल लाइभस्टक सेक्टर इनोभेसन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले आफूले ३० करोड भुक्तानी गरेको भएपनि २५ प्रतिशत सञ्चालकहरुको भत्ता र तलब दिने निर्णय गरेका कारण दुग्ध किसानको भुक्तानी दिन नसकिएको भन्दै यस कार्यमा संलग्नहरुलाई कारबाही गर्नुपर्ने बताइन्।

Hardik ivf

उनले भनिन्, ‘सरकार ऋणमा डुब्न तयार हुनुपर्छ। तर किसानहरु जो दूधको भुक्तानीले आफ्नो जीवनयापन गरिरहेका छन् उनीहरुलाई छिटो भुक्तानी हुनुपर्छ भनेर म मन्त्री भएर आइसकेपछि ३० करोड भुक्तानी गरेको हो। तर, बिचौलीयाहरु आफ्नो स्वार्थ पूरा गर्नको लागि जुन शिर्षकमा भुक्तानी गयो, त्यो शिर्षकबाट बाहिर सञ्चालक समिति बसेर बाँडेर २५ प्रतिशत सञ्चालकहरुको भत्ता र तलब दिने निर्णय गरेको छ। अब त अप्रेशन नगरि सुख छैन। अप्रेशन त गर्नै पर्छ ।’

यस कार्यमा संलग्नहरुलाई समयमै कारबाही गर्न नसके बिचौलीयाहरुको मनोबल बढ्दै जाने साहको भनाइ छ। मन्त्री भएर पनि उद्देश्यहरु पूरा गर्न सकेन भने मन्त्रीको अर्थ नरहने भन्दै कृषिलाई बजारीकरण गर्ने तर्फ अगाडि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरिन्।

उनले भनिन्, ‘जबसम्म कृषि, बजारीकरण र सिँचाइमा सुधार आउँदैन, जब सबै कुरामा आत्मनिर्भर भई आयातलाई प्रतिस्थापन गरेर निर्यात बढाउन सक्दैनौं तबसम्म हामी सफल हुँदैनौं। कृषि मन्त्रालयलाई केन्द्रविन्दु बनाएर विशेष प्राथमिकतामा राखेर योजना अघि बनाइएन भने यो देश अगाडि बढ्न सक्दैन।’

प्रकाशित मिति: १९:१३ बजे, शुक्रबार, असार १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्