चट्याङ लागेर महिलाको मृत्यु
सर्लाही, असार १४: सर्लाहीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। चट्याङ लागेर गम्भीर घाइते भएकी बागमती नगरपालिका–१ की ६४ वर्षीया गोमा आले मगरको उपचारका क्रममा मृत्यु भएको हो।
आज (शुक्रबार) बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा मगर चट्याङ लागेर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा पर्साको वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
यसैबीच, चट्याङबाट लालबन्दी नगरपालिका–१७ गैरी टोलका मंगल कामीको घरमा क्षति पुगेको छ। यस्तै, बुधबार परेको चट्याङबाट ईश्वरपुर नगरपालिका–१३ र १६ का ६ वटा घरमा क्षति पुगेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८:५७ बजे, शुक्रबार, असार १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्भरमा समस्या आएपछि पाँच दिनदेखि प्रभावित भएको राहदानीको काम आंशिक सुचारूआइतबार, मंसिर ९, २०८१
ओमानका पूर्वकप्तान जिसन मक्सूद कर्णाली याक्समा अनुबन्धआइतबार, मंसिर ९, २०८१
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशनआइतबार, मंसिर ९, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१