राष्ट्रिय र गैर–राष्ट्रिय शक्तिहरुबीच प्रतिस्पर्धाको राजनीति भइरहेको छ: अध्यक्ष ओली

काठमाडौं, असार १४ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय र गैर–राष्ट्रिय शक्तिहरुबीच प्रतिस्पर्धाको राजनीति भइरहेको बताएका छन्।
शुक्रबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय र गैर–राष्ट्रिय शक्तिहरुबीच प्रतिस्पर्धाको राजनीति भइरहेको भन्दै नेकपा एमाले राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने अवस्थामा पुगेको दाबी गरे।
उनले भने, ‘अहिलेको राजनीति राष्ट्रिय र गैर–राष्ट्रिय शक्तिबीचको प्रतिस्पर्धाको राजनीति हो। नागरिकता होल्ड गर्दैमा कोही व्यक्ति राष्ट्रवादी भइहाल्छ भन्ने छैन। यसरी दुईधारबीचको प्रतिस्पर्धा छ। अहिले हामीले राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्नु अबको आवश्यकता भयो। हामी त्यस ठाउँमा पुगेका छौं। यो शक्ति सन्तुलनको स्थिती हो सधैँ यस्तै रहन सक्दैन। ‘जबज’ले यसरी रहन नदिएर दक्षिणपन्थी शक्तिहरूलाई अगाडि जाने भन्दा राष्ट्रिय शक्तिलाई अगाडि बढाउने कुरामा सहज बनाउँछ।’
अध्यक्ष ओलीले देशको अग्रगमनका लागि जननेता भण्डारीको अगुवाइमा नेकपा एमालेले जनताको बहुदलिय जनवादलाई प्रतिपादन गरेको बताए। जनताको बहुदलिय जनवादले अझै राम्रो मौका पाउने हो भने मार्गदर्शनको सिदान्त रहेको उनको भनाई छ।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)