Kathmandu Press

बूढीगण्डकी कोरिडोर निर्माण सुरु नभए आन्दोलनमा जाने भन्दै बाबुरामले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

बूढीगण्डकी कोरिडोर निर्माण सुरु नभए आन्दोलनमा जाने भन्दै बाबुरामले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

काठमाडौं, असार १४ः नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बूढीगण्डकी कोरिडोर बहुउद्देश्यीय आयोजनाको निर्माण सुरु गर्नुपर्ने माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएका छन्।

अध्यक्ष भट्टराईले शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै भदौ मसान्तसम्म आयोजना निर्माणको सुनिश्चितता गर्नका लागि सरकारलाई अल्टिमेटम दिएका हुन्।

Hardik ivf

बूढीगण्डकी कोरिडोर बहुउद्देश्यीय आयोजनालाई सरकारमा आउनेहरुले भकुण्डो बनाएको उल्लेख गर्दै अब पनि आफुहरूको माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिए।

‘नयाँ ऐन बनाएको छैन। पुरानो ऐन अनुसार समिति बनाएर काम अघि बढाइएको थियो। सात वर्षभित्र सुरु हुने भनिएको जुन परियोजना हो १० वर्ष हुँदासम्म पनि सुरुवात भएको छैन। र, बिचमा हरेकपल्ट सरकार फेरिने बित्तिक्कै जुन चलखेलसहित बुढिगण्डकी आयोजनालाई भकुण्डो जस्तो बनाइँदैछ, त्यसले यो नबन्ने दिसातर्फ गएको हो कि भन्ने मेरो आशंका छ,’ उनले भने, ‘त्यसैले, म यसको महलकर्ताको नाताले मैले गोर्खा र धादिङका सांसदहरुसहितका चाहानाहरु समेत बुझेर मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको छु। माग पुरा नभए आन्दोलन गर्छौं।’

अहिलेको विद्युत प्राधीकरणअन्तर्गतको सहायक कम्पनीको रूपमा रहेको संरचनाले उक्त आयोजना निर्माण गर्न नसक्ने उनको भनाइ छ।

प्रकाशित मिति: १६:५१ बजे, शुक्रबार, असार १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्