‘नेपाल प्रहरीलगायत सुरक्षा निकायलाई राजनीतिबाट मुक्त गर्नुपर्छ’
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसक्दासमेत नेपालको न्याय प्रणालीलाई संघीयताले छुन नसकेको उनले बताए।
काठमाडौं, असार १४ : नेकपा एमालेका उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी र नेपाली सेनालाई राजनीतिबाट मुक्त गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बाल्दै उनले प्रहरीले कतिपय मुद्दामा सहजरुपमा उजुरी लिन सक्ने अवस्था नभएले समाजमा सुशासन कायम गर्न नसकिएको टिप्पणी गरे।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसक्दासमेत नेपालको न्याय प्रणालीलाई संघीयताले छुन नसकेको उनले बताए।
असार ११ गते राति आएको वर्षाका कारण लमजुङमा धेरै धनजनको क्षति भएको बताउँदै सांसद गुरुङले मृतक परिवारलाई राहत, घाइतेको तत्काल उद्धार र उपचार गर्न सरकारसँग आग्रह गरे।
उनले आगामी दिनमा विपदबाट बच्न पूर्वतयारीका लागिसमेत आवश्यक काम गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद गुरुङले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको आज ७३औं जन्मजयन्ती भएको उल्लेख गर्दै जनताको बहुदलीय जनवादको सिद्धान्त पनि उत्तिकै सान्दर्भिक भएको बताए।
उनले जननेता भण्डारीले संसद्लाई शान्तिपूर्ण संघर्षको क्षेत्र बनाउनुपर्छ भन्नुभएको र शान्तिपूर्ण क्रान्तिबाट मुलुकको विकास हुने बताए।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)