Kathmandu Press

सिधाकुरा प्रकरणमा ३ जनाविरद्ध साइबर अपराधमा मुद्दा

सरकारी वकिल कार्यालयले सिधाकुराका सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो रेकर्ड गरेको भन्ने राजकुमार तिमिल्सिनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो। तीनैजनालाई मुद्दामा फरार प्रतिवादी बनाइएको छ।
सिधाकुरा प्रकरणमा ३ जनाविरद्ध साइबर अपराधमा मुद्दा

काठमाडाैं, असार १४ : सिधाकुरा डटकमको ‘द डार्क फाइल’ प्रकरणमा तीन जनाविरुद्ध साइबर अपराधमा मुद्दा चलेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले तीन जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

Hardik ivf

सरकारी वकिल कार्यालयले सिधाकुराका सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो रेकर्ड गरेको भन्ने राजकुमार तिमिल्सिनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो। तीनैजनालाई मुद्दामा फरार प्रतिवादी बनाइएको छ।

प्रहरीले फरेन्सिक जाँच गर्दा अडियो ‘फेक’ भेटिएपछि उनीहरूविरुद्ध मुद्दा चलाइएको हो।

सिधाकुराले अख्तियारले आफ्नै पैसा दिएर गर्दै आएका ‘स्टिङ अप्रेसन’का मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतोमा ‘डिल’ भएको भन्दै ‘द डार्क फाइल’ श्रृंखला प्रसारण गरेको थियो।

यी तीनै जनाविरुद्ध सर्वोच्च अदालतल आफैंले सरोकारमा लिएर ‘सुमोटो’ चलाएको अवहेलना मुद्दा सर्वोच्चमा विचाराधीन छ। यो मुद्दा बृहत् पूर्ण इजलासमा पठाउन आदेश गरेको छ। तर, पेशी भने तोकिएको छैन।

प्रकाशित मिति: १४:३३ बजे, शुक्रबार, असार १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्