Kathmandu Press

‘सरकारको असफलता एईईको नतिजामा देखियो’

‘तिमी अयोग्य हौ, पढेर खान सक्दैनौ, योभन्दा अघि उच्च शिक्षा हासिल गर्ने तिम्रो हैसियत छैन भनेर घोषण गर्न मिल्छ? अयोग्य घोषणा गर्न सरकारले सक्छ?,’ उनले सरकारलाई प्रश्न गरे।
‘सरकारको असफलता एईईको नतिजामा देखियो’

काठमडौं, असार १४ : कांग्रेस सांसद प्रदीप पौडेलले एसईईको नतिजाले सरकारको असफलता देखाएको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पौडेलले ५२ प्रतिशत विद्यार्थी फेल हुनु भनेको राज्यको असफलता भएको बताए। उनले गुणस्तरीय शिक्षाको अभावमा नतिजामा विद्यार्थीले अयोग्य भएको ट्याग भिर्नुपरेको उल्लेख गरे।

Hardik ivf

‘पास फेल प्रणाली अन्त्य गरेर सबैलाई ग्रेडिङ सिस्टमभित्र पास फेल गर्ने प्रणाली सुरू गरियो। केही वर्ष अभ्यास गरे पनि शिक्षाको गुणस्तर कायम गर्न सकेन । यो वर्षदेखि ग्रेडिङ नन् ग्रेडिङ भनेर हामीले बुझ्ने भाषामा पास फेल प्रणाली विकास गरियो,’ उनले भने, ‘यो प्रणालीमा ५२ प्रतिशत विद्यार्थी ग्रेडिङ भित्र परेनन्। ५२ प्रतिशत विद्यार्थी फेल भए यी विद्यार्थी फेल भएको कि सरकार फेल भएको हो?’

सरकालाई दुई लाख ८२ हजार ३१३ विद्यार्थीलाई अयोग्य घोषण गर्ने सरकारलाई अधिकार नभएको उनले बताए। ‘तिमी अयोग्य हौ, पढेर खान सक्दैनौ, योभन्दा अघि उच्च शिक्षा हासिल गर्ने तिम्रो हैसियत छैन भनेर घोषण गर्न मिल्छ? अयोग्य घोषणा गर्न सरकारले सक्छ?,’ उनले सरकारलाई प्रश्न गरे।

उनले १० वर्षसम्म एउटा विषय पठाउँदा ३५ नम्बर ल्याउन नसक्ने कस्तो शिक्षा प्रणाली विकास गरिएको भन्दै प्रश्न गर्दै राज्यले अयोग्य नागरिक उत्पादन नर्ग नमिल्ने बताए।

शिक्षामा गुणस्तरीयता नभएका कारण नतिजा यस्तो आएको उनले बताए। उनले भने, ‘हुने खाने सबैले निजी स्कुल पढाउने, सार्वजनिक विद्यालय सुधार गर्न विषय उठान गर्न नसक्ने भए राज्य निरन्तर फेल भइरहन्छ।

प्रकाशित मिति: १४:१३ बजे, शुक्रबार, असार १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्