Kathmandu Press

बाइपास गरेर हुने अर्बौं रुपैयाँ घोटाला रोक्न टेरामक्स प्रविधि भित्र्याएँ : सांसद बस्नेत

‘टेरामक्स एउटा यस्तो विधि हो, जसले टेलिफोनमा कल बाइपास गरेर खाने धन्दा भीओआइपी प्रकरणलाई नियन्त्रण गर्छ, संसारभरि यही विधिले नियन्त्रण गरेको छ र ठगी गर्ने धन्दा भएको छैन,’ उनले भने, ‘नेपालमात्रै एउटा यस्तो देश हो, जहाँ कल बाइपास गरेर वर्षको २५ अर्बभन्दा बढी राजस्व घोटाला नेपालमा भएको छ।’
बाइपास गरेर हुने अर्बौं रुपैयाँ घोटाला रोक्न टेरामक्स प्रविधि भित्र्याएँ : सांसद बस्नेत

काठमाडौं, असार १४ : नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले आफूले टेरामक्स प्रविधि भित्राएर कल बाइपास गरेर हुने गरेको अर्बौं रुपैयाँ घोटाला रोकेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले आफूले कल बाइपास गरेर अर्बौं रुपैयाँ घोटाला हुने गरेको कुरालाई रोक्न टेरामक्स प्रविधि भित्र्याएको जिकिर गरे।

Hardik ivf

टेरामक्स भीओआईपी प्रकरणलाई रोक्ने विधि भएको भन्दै उनले कल बाइपास गरेर वार्षिक रूपमा २५ अर्ब घोटाला हुने गरेकोमा टेरामक्स प्रविधिपछि सो घोटाला रोकिएको दाबी गरे।

‘टेरामक्स एउटा यस्तो विधि हो, जसले टेलिफोनमा कल बाइपास गरेर खाने धन्दा भीओआइपी प्रकरणलाई नियन्त्रण गर्छ, संसारभरि यही विधिले नियन्त्रण गरेको छ र ठगी गर्ने धन्दा भएको छैन,’ उनले भने, ‘नेपालमात्रै एउटा यस्तो देश हो, जहाँ कल बाइपास गरेर वर्षको २५ अर्बभन्दा बढी राजस्व घोटाला नेपालमा भएको छ।’

आफूले आँट गरेर सो विधिको सुरुआत गरेको बताउँदै आफूलाई यस प्रकरणमा मुछिएको भन्दै उनले उचित समयमा आफूले बोल्ने बताए।

टेरामक्स प्रकणमा बस्नेतसहित तीन जना सांसदको नाम मुछिएपछि उनले यस्तो बताएका छन्। उनले एकदम कलिला, कलिला ओठ निचरे दुध आउने माननीयज्युहरूदेखि लिएर दाह्री जुँगा फुलेकासम्म सबैले टेरामक्स प्रकणको कुठाएको भनले आक्रोस पोखे।

यदी यो टेरामक्स भन्ने विधि कल बाइपास गरेर खाने भीओआईपी प्रकरणलाई रोक्ने विधि होइन भने विधि के हो त? संसारभरि विधि हुने यहाँचाहिँ विधि नहुने के हो त? मैले आँट गरेर यो विधि सुरुआत गर्न खोजेको हुँ,’ उनले भने, ‘२५ अर्ब वार्षिक घोटाला गर्नेले कति अर्ब खर्च गरेर सम्बन्धित निकायलाई ढाकछोप गर्ने, थेग्ने अथवा डाइर्भट गर्न खोजेको हो यो भविष्यले बताउला।’

टेरामक्स नेपालमा अर्बौ रुपैयाँ राजस्व जोगाउने मन्त्र र फर्मुला हो भएको बताउँदै उनले यो नभएसम्म कल बाइपास गरेर ठग्ने काम भइरहेने बताए।

प्रकाशित मिति: १४:०६ बजे, शुक्रबार, असार १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्