दिल्लीमा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको छत भत्किँदा १ जनाको मृत्यु
शुक्रबार बिहान भारी वर्षापछि विमानस्थलको टर्मिनल–१ को छत भत्किँदा ट्याक्सी किचिँदा चालकको मृत्यु भएको बताइएको छ।
नयाँ दिल्ली, असार १४ : भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत भत्कँदा १ जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान भारी वर्षापछि विमानस्थलको टर्मिनल–१ को छत भत्किँदा ट्याक्सी किचिँदा चालकको मृत्यु भएको बताइएको छ।
छतले केही ट्याक्सी र गाडी पनि थिचिँदा ६ जना घाइतने भएको बताइएको छ।
सवारी साधनको भिड जम्मा भएको बेला टर्मिनल भवनको छत खसेको थियो। ठूला–ठूला बिम कारहरुमाथि बज्रिएका थिए।
घटना लगत्तै केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडु सहितका अधिकारीहरूले विमानस्थलको अवलोकन गरेका छन्। मन्त्री नायडुले मृतकका परिवारलाई २० लाख र घाइतेलाई ३ लाख रुपैयाँको दरले राहत दिने घोषणा गरेका छन्।
प्रकाशित मिति: १३:५६ बजे, शुक्रबार, असार १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
