रामेछापको खिम्तिमा बस दुर्घटना हुँदा १० जना घाइते, तीन जनाको अवस्था गम्भीर
घाइते मध्ये तीनका अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेको खिम्ति प्राथमिक स्वास्थ्य केन्द्र तथा मन्थली पठाइएको छ।
रामेछाप, असार १४ : रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तिको बिर्ता लामपानीमा शुक्रबार बिहान बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
घाइते मध्ये तीनका अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेको खिम्ति प्राथमिक स्वास्थ्य केन्द्र तथा मन्थली पठाइएको छ।
लिखु तामाकोसी गाउँपालिकाको गैरीबाट काठमाडौं आउँदै गरेको गरेको अरनिको यातायातको बा५ख ५६२५ नम्बरको बस दुर्घटनामा परेको वडाध्यक्ष शिवप्रसाद न्यौपानेले जानकारी दिए। न्यौपानेका अनुसार बस सडकबाट तल खसेर रुखमा अडिएको छ।
बसको बाँया तर्फको टायर फिलिङ गरेको माटोमा फस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
घाइते सबैलाई उपचारको लागि मन्थली ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता कौशल न्यौपानेले जानकारी दिए।
प्रकाशित मिति: १२:०१ बजे, शुक्रबार, असार १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












