‘देशमा केही पनि भएन भन्ने भाष्य गलत हो’
प्रधानमन्त्री दाहालले नकारात्मक कुरा गरेर रमाउने प्रवृत्तिका कारण गलत भाष्यलाई अगाडि बढाउन उद्दत रहेको उल्लेख गरे। उनले कम्युनिष्टहरुले अब एकतावद्ध भएर त्यो भाष्य चिर्न आवश्यक रहेको बताए।
काठमाडौं, असोज १४ : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशमा केही पनि भएन भन्ने भाष्य गलत भएपनि जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको बताएका छन्।
शुक्रबार जगत बोहरा सावित्री स्मृति दिवस कार्यक्रममा प्रधानमन्त्री दाहालले नकारात्मक कुरा गरेर रमाउने प्रवृत्तिका कारण गलत भाष्यलाई अगाडि बढाउन उद्दत रहेको उल्लेख गरे। उनले कम्युनिष्टहरुले अब एकतावद्ध भएर त्यो भाष्य चिर्न आवश्यक रहेको बताए।
‘अहिले जनतामा देखिएको नकारात्मक भावना चिर्न सबै जिम्मेवार भएर अगाडि बढ्नुपर्छ। कुनैपनि कालखण्डको कुुरा गर्दा देशमा केही भएन भन्ने भाष्य गलत हो। तर, जनताको आशा अपेक्षा अनुसार अझै भएको छैन। त्यो पनि सत्य हो,’ उने भने, ‘तर नकारात्मक कुरा गरेर रमाउने मात्र प्रवृत्ति कँही न कँही यस भाष्यलाई अगाडि बढाउन उद्दत छ। कम्युनिष्टहरुले अब एकतावद्ध भएर त्यो भाष्य चिर्न आवश्यक छ।’
कम्युनिष्ट पार्टीबीच फेरि एकताको प्रक्रिया थालिएको प्रधानमन्त्री दाहालको भनाइ छ। उनले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको दाबी गरे।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)