मदन भण्डारी राजनीतिका मार्गदर्शक : सभामुख
समाज परिवर्तका लागि आफ्नो आफ्नो क्षेत्रमा सबैले भूमिका खेल्नुपर्ने सभामुख घिमिरेको भनाइ छ।
काठमाडौं, असार १४ : सभामुख देवराज घिमिरेले मदन भण्डारीले राष्ट्रिय राजनीतिमा खेलेको भूमिका अहिले पनि मार्गदर्शनको रुपमा रहेको बताएका छन्।
नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७३औं जन्मजयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले नेता भण्डारीका विचारहरुलाई शिक्षाको माध्यमबाट समाज परिवर्तन गर्ने, समुन्नत राष्ट्र निर्माण गर्दै जनभावना परिवर्तन गर्ने महत्वपूर्ण क्षेत्रका रुपमा मदन भण्डारी मेमोरियल कलेजलाई लिइँदै आएको बताए।
‘राजनीतिमा खेल्नुभएको भूमिकाले आजपनि मार्गदर्शन गरिरहेको छ। त्यही मार्गदर्शनभित्र शिक्षा खाली शिक्षाका लागि मात्र होइन, शिक्षा समाजका लागि हो। शिक्षा उपयोगी हुनुपर्छ। शिक्षाले समाजलाई परिवर्तन गर्न सक्नुपर्छ,’ उनले भने, ‘यही विचार बोकेर आउनुभएका नेता भण्डारीका विचारलाई शिक्षाको माध्यमबाट लागु गर्ने उद्देश्यले स्थापना भएको यस कलेजले विद्यार्थीहरुले गरिरहेका प्रगतिहरु उल्लेखनीय छन्।’
समाज परिवर्तका लागि आफ्नो आफ्नो क्षेत्रमा सबैले भूमिका खेल्नुपर्ने सभामुख घिमिरेको भनाइ छ।
उनले पाँचौं राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रुपमा रहेको छ।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)