Kathmandu Press

टीआरसी विधेयकमा सहमति जुटाउन सत्तापक्ष र प्रतिपक्षबीच छलफल

बिहीबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भएको भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू सहभागी थिए।
टीआरसी विधेयकमा सहमति जुटाउन सत्तापक्ष र प्रतिपक्षबीच छलफल

काठमाडौं, असोज १३ : संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति खोज्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दल कांग्रेसका शीर्ष नेताबीच छलफल भएको छ।

बिहीबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भएको भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू सहभागी थिए।

Hardik ivf

विधेयकका विवादिन बुँदाहरूलाई निष्कर्षमा पुर्याउन अघि बढ्नेबारे शीर्ष नेताहरू एकमत कानूनमन्त्री पदम गिरीले बैठकपछि जानकारी दिए।

कांग्रेससहितको गठबन्धनकै बेला अघि बढाउन खोजिएको टीआरसी विधेयक त्यसबेला एमालेको असहमतिका कारण रोकिएको थियो ।

‘संक्रमणकालीन न्यायका विषयमा धेरै बुँदामा सहमति भइसकेको छ । तीन चार वटा बुँदामा मात्रै छलफल र सहमति हुन बाँकी रहेको छ। तिनै विषयमा के हो त दृष्टिकोण भन्नेबारे पनि केही छलफल भयो, तर टुंगोमा पुग्न भने थप हुन्छ,’ मन्त्री गिरीले भने।

गत फागुनमा कांग्रेस नेतृत्वको गठबन्धनपछि बनेको एमालेसहितको समीकरण बने पनि टीआरसीसम्बन्धी विधेयक संसद्‌मा थन्किएको छ।

दुबै गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने आफ्नो प्रमुख प्राथमिकतामा भएको बताए पनि अघि बढ्न सकेको छैन।

प्रकाशित मिति: २०:३७ बजे, बिहीबार, असार १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्