Kathmandu Press

‘निर्मलालाई न्याय देऊ’ अब अन्तर्राष्ट्रियकरण

काठमाडौं, फागुन १६ : अफ्रिकाको ट्युनिसियामा हालै सम्पन्न इन्टरनेशनल यूनियन अफ सोसाइटीको वल्र्ड काउन्सिलले कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका ....

‘निर्मलालाई न्याय देऊ’ अब अन्तर्राष्ट्रियकरण

काठमाडौं, फागुन १६ : अफ्रिकाको ट्युनिसियामा हालै सम्पन्न इन्टरनेशनल यूनियन अफ सोसाइटीको वल्र्ड काउन्सिलले कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका लागि ‘जस्टिस फर निर्मला’ संकल्प प्रस्ताव पारित गरेको छ । 

फेब्रुअरी २१–२२ मा आयोजित काउन्सिलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले निर्मलाको न्यायका निम्ति सरकारले पहल नगरेको भन्दै प्रस्ताव गरेपछि उक्त फोरमले पारित गरेको हो । यो निर्णयसँगै निर्मलालाई न्याय अन्तराष्ट्रियकरण भएको छ । 

गत डिसेम्बरमा काठमाडौंमा सम्पन्न इन्टरनेशनल यूनियन अफ सोसाइटीको एसिया प्यासिफिक कमिटिको सम्मेलनमा तरुण दलले जस्टिस फर निर्मला संकल्प दर्ता गरेको थियो ।   

‘निर्मलालाई सरकारले न्याय दिन नसकेपछि हामीले अन्तराष्ट्रिय फोरममा उक्त घटना दर्ज गरायौ’ तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाहले भने, ‘फोरममा उक्त प्रस्ताव पारित भएसँगै अव यो अन्तराष्ट्रिय मुद्दा बनेको छ ।’

इन्टरनेशनल यूनियन अफ सोसाइटीको वल्र्ड काउन्सिल कार्यक्रममा ५० देशका एक सय २० प्रतिनिधिहरुको सहभागिता थिए । नेपालका तर्फबाट कार्यक्रममा तरुण दलबाट मुना भुसाल, दिनेशबिक्रम शाह र नेपाल विद्यार्थी संघबाट प्रकाश श्रेष्ठ, पुनम भट्ट रहेको इन्टरनेशनल यूनियन अफ सोसाइटीको एसिया प्यासेफिकका उपाध्यक्ष मदन भण्डारीले सहभागि थिए। 
 

प्रकाशित मिति: ११:४९ बजे, बुधबार, फागुन १५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्