Kathmandu Press

एसईईमा गणितमा सबैभन्दा बढी अनुत्तिर्ण

राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा अनुसार गणितमा एक लाख ७७ हजार ९ सय ८५ विद्यार्थीको एनजी आएको हो।
एसईईमा गणितमा सबैभन्दा बढी अनुत्तिर्ण

काठमाडौं, असार १३ : यस वर्षको एसइईमा सबैभन्दा बढी विद्यार्थी गणितमा अनुत्तिर्ण भएका छन्। सबैभन्दा बढी गणितमा एनजी आएको छ।

राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा अनुसार गणितमा एक लाख ७७ हजार ९ सय ८५ विद्यार्थीको एनजी आएको हो। विज्ञानमा एक लाख २६ हजार नौ सय ३३, अङ्ग्रेजीमा एक लाख एक हजार तीन सय ८३ विद्यार्थीको एनजी आएको छ।

Hardik ivf

सामाजिकमा ७३ हजार आठ सय ७७, नेपालीमा ६९ हजार पाँच सय ३२, अर्थशास्त्रमा ६९ हजार चार सय १६ तथा ऐच्छिक गणितमा २० हजार तीन सय ५२ विद्यार्थीको एनजी आएको छ।

दुई विषयसम्म एनजी आउने विद्यार्थीको हकमा पुरक परीक्षा आगामी साउन १८ र १९ गतेलाई तोकिएको छ।

चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थीमा उपस्थित भएकोमा उतीर्ण भएकामध्ये एक सय ८६ जनाले ४ जीपीए ल्याएका छन् । सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन्।

यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरिएको थियो। सैद्धान्तिक ७५ पूर्णाङ्क विषयमा कम्तीमा २७ अङ्क र आन्तरिक मूल्याङ्कन २५ पूर्णाङ्कमा कम्तीमा १० अङ्क प्राप्त गर्नुपर्ने हुन्छ।

एक सय पूर्णाङ्कमा कम्तीमा ३७ अङ्क ल्याउनुपर्ने अन्यथा त्योभन्दा कम अङ्क आएमा ‘एनजी’ ननग्रेडड आउँछ।

प्रकाशित मिति: १८:३३ बजे, बिहीबार, असार १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्