‘अहिलेको व्यवस्था प्राप्तीको लागि साहित्यिक पत्रकारीताको महत्वपूर्ण योगदान छ’
‘समाजलाई बदल्ने समाज रुपान्तरण गर्ने र राजनीतिलाई बदल्ने कुरामा पनि यो क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। अहिले हामी जहाँ छौं, जुन व्यवस्थामा छौं,’ उनले भनिन्, ‘त्यो व्यवस्था परिवर्तन गर्नका निमित्त र त्यो व्यवस्था प्राप्तीका निम्ति राजनीतिक क्षेत्रको मात्र होइन पनि साहित्य क्षेत्रको पनि उत्तिकै महत्वपूर्ण भूमिका छ।’-1714975448.jpg)
काठमाडौं, असार १३ : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अहिलेको व्यवस्था प्राप्तीको लागि साहित्यिक पत्रकारीताको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन्।
बिहीबार काठमाडौंमा आयोजित नेपाल साहित्यिक पत्रकार संघको स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले वर्तमान व्यवस्था प्राप्तिका लागि राजनीतिक क्षेत्रको मात्र नभइ साहित्यिक क्षेत्रको पनि उत्तिकै योगदान रहेको बताएकी हुन्।
‘समाजलाई बदल्ने समाज रुपान्तरण गर्ने र राजनीतिलाई बदल्ने कुरामा पनि यो क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। अहिले हामी जहाँ छौं, जुन व्यवस्थामा छौं,’ उनले भनिन्, ‘त्यो व्यवस्था परिवर्तन गर्नका निमित्त र त्यो व्यवस्था प्राप्तीका निम्ति राजनीतिक क्षेत्रको मात्र होइन पनि साहित्य क्षेत्रको पनि उत्तिकै महत्वपूर्ण भूमिका छ।’
मन्त्री शर्माले देशको व्यवस्था परिवर्तन भएतापनि आचरणमा परिवर्तन,संस्कार र संस्कृति भने परिवर्तन गर्न नसकेको गुनासो गरिन्। उनले आशा भरोसा गरेको व्यतित्वहरुबाट आचरणमा, संस्कार र संस्कृतिमा परिवर्तन गर्ने खालको आदर्श विचार नरहेको भन्दै यस विषय खोज र अनुसन्धान कै विषय बनेको बताइन्।
‘हामीले हामो आचरणमा परिवर्तन गर्न सकेनौं, हाम्रा संस्कार संस्कृति किन परिवर्तन गर्न सकेनौं? हामीले आशा भरोसा गरेको व्यतित्वहरुबाट नै किन त्यो खालको आदर्श विचार निष्ठाबाट हामी स्खलन भइरहेका छौं? भन्ने विषय पनि एउटा खोज अनुसन्धान कै विषय बनेको जस्तो लागिरहेको छ,’ मन्त्री शर्माले भनिन्।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)