Kathmandu Press

प्रतिनिधिसभाका समिति सदस्यहरूलाई विषयगत समितिमा हेरफेर

हरि ढकाल सार्वजनिक लेखा समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा हेरफेर गरिएको छ। यस्तै, असिम शाहलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट सार्वजनिक लेखा समितिमा हेरफेर गरिएको छ।
प्रतिनिधिसभाका समिति सदस्यहरूलाई विषयगत समितिमा हेरफेर

काठमाडौं, असार १३ : प्रतिनिधि सभाका समिति सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको छ।

सभामुख देवराज घिमिरेले बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको बताएका हुन्।

Hardik ivf

सभामुख घिमिरेका अनुसार अर्थ समितिमा प्रकाशरण महत, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायणप्रकाश साउद, कानून न्याय तथा मानव अधिकार समितिमा सीता गुरुङ र सुहाङ नेम्वाङलाई राखिएको छ । कार्य व्यवस्था परामर्श समितिमा अब्दुल खानको स्थानमा अनिता देवीलाई मनोनयन गरिएको छ।

संसदीय सुनुवाइ समितिमा डोलप्रसाद अर्यालको स्थानमा स्वर्णिम वाग्लेको नाम हेरफेर भएको छ।

सांसद अनिता देवीलाई राज्य व्यवस्था तथा सुशासन समितिमा राखिएको छ। हरि ढकाल सार्वजनिक लेखा समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा हेरफेर गरिएको छ। यस्तै, असिम शाहलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट सार्वजनिक लेखा समितिमा हेरफेर गरिएको छ।

यस्तै, रमेश रिजाल र सुरेन्द्रराज आचार्यलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा राखिएको छ। टेकबहादुर गुरुङलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा राखिएको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा धनराज गुरुङ, डिगबहादुर लिम्बु र मोहनबहादुर बस्नेतलाई राखिएको छ।

प्रकाशित मिति: १५:४० बजे, बिहीबार, असार १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्