Kathmandu Press

सर्वोच्चको आदेश विपरित देवकोटालाई संसद् प्रवेशमा रोक

संसद् भवन पुगेका देवकोटालाई लवि अदालतको आदेशको अनादर गर्दै कक्षमा प्रवेश अघि नै मर्यादा पालकले रोकेका छन्। अन्तरिम आदेशको पत्र संसद् सचिवालयमा गइसकेको जनाइएको छ।
सर्वोच्चको आदेश विपरित देवकोटालाई संसद् प्रवेशमा रोक

पोखरा, असार १३ : सर्वोच्च अदालतको आदेश अनुरुप पुनर्बहाली भएका गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक लगाइएको छ।

संसद् भवन पुगेका देवकोटालाई लवि अदालतको आदेशको अनादर गर्दै कक्षमा प्रवेश अघि नै मर्यादा पालकले रोकेका छन्। अन्तरिम आदेशको पत्र संसद् सचिवालयमा  गइसकेको जनाइएको छ।

Hardik ivf

देवकोटाले संसद् सचिवालयलाई पहिले नै आफू आएको जानकारी गराएका थिए । सांसद देवकोटाले सभामुख, मुख्यमन्त्री लगायत सबैलाई जानकारी गराएर प्रदेश सभामा गएको बताएका छन्।

संसद् बैठक चलिरहेका फर्काइएपछि सांसद देवकोटालाई मर्यादापालकले फर्काईदिएका हुन्।  सर्वोच्चले माओवादीले देवकोटालाई कारबाही गर्न नमिल्ने भन्दै अर्को आदेश नहुँदासम्म हटाउने कार्य यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो।

सभामुखले नै हाजिर नगराउन भनेपछि संसद प्रवेशमा रोक लगाइएको थियो।

प्रकाशित मिति: १४:५९ बजे, बिहीबार, असार १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्