Kathmandu Press

पत्रकार महासंघको निर्वाचन तालिकामा हेरफेर

यस्तै, मतदाताको अन्तिम नामावली प्रकाशन असार १४ गतेका लागि राखिएको छ। उम्मेदवारको नामावली प्रकाशन असार १५ गते साँझ आठ बजे गर्ने कार्यक्रम तय भएको छ।
पत्रकार महासंघको निर्वाचन तालिकामा हेरफेर

काठमाडौं, असार १३ : नेपाल पत्रकार महासंघको निर्वाचन निर्वाचन तालिका संशोधन गरिएको छ।

असार २२ गते निर्वाचन हुने समयलाई यथावत् राखेर निर्वाचन समितिले असार १३ गते हुने उम्मेदवारी दर्ताको समयलाई असार १५ गतेका लागि सारेको छ।

यस्तै, मतदाताको अन्तिम नामावली प्रकाशन असार १४ गतेका लागि राखिएको छ। उम्मेदवारको नामावली प्रकाशन असार १५ गते साँझ आठ बजे गर्ने कार्यक्रम तय भएको छ।

यसैगरी उम्मेदवार उपरको दाबी विरोध गर्ने समय असार १५ गते आठ बजेदेखि असार १६ गते बिहान ११ बजेसम्म हुने भनिएको छ।

उम्मेदवारको मनोनयपत्र फिर्ता लिने समय असार १६ गते बिहान ११ बजेसम्म राखिएको छ। उम्मेदवारको अन्तिम नामावली सोही दिन दिउँसो २ बजेको लागि राखिएको छ।

असार २२ गते बिहान ९ बजेदेखि पाँच बजेसम्म चुनाव हुने कार्यक्रम छ। केन्द्रीय निर्वाचन समितिका अनुसार मतगणना चुनाव सम्पन्न भएपछि हुनेछ।

प्रकाशित मिति: १४:४६ बजे, बिहीबार, असार १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्