Kathmandu Press

एसईईको नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योगको व्यवस्था

यस बर्षदेखि अनलाइनबाटै पुनर्योग (रिटोटलिङ) गर्न पाउने व्यवस्था ल्याइएको हो। कार्यालयमा विद्यार्थीको चाप घटाउन अनलाइनबाटै पुनर्योग गर्ने व्यवस्था मलिाइएको बोर्डले जनाएको छ।
एसईईको नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योगको व्यवस्था

काठमाडौं, असार १३ : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था मिलाएको छ।

यस बर्षदेखि अनलाइनबाटै पुनर्योग (रिटोटलिङ) गर्न पाउने व्यवस्था ल्याइएको हो। कार्यालयमा विद्यार्थीको चाप घटाउन अनलाइनबाटै पुनर्योग गर्ने व्यवस्था मलिाइएको बोर्डले जनाएको छ।

Hardik ivf

अनलाइनबाटै पुनर्योग गर्न पाइने भएपछि विद्यार्थीहरु लाइन लाग्नुपर्ने झञ्झट समाप्त भएका छ। पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने छ।

नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा पनि प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय इकाइ विभागमा सोझै निवेदन दिन सकिने छ।

प्रकाशित मिति: १४:३४ बजे, बिहीबार, असार १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्