Kathmandu Press

‘बीआरआई’ समझदारी संसदमा पेश गर्न कांग्रेस सांसद बजगाईंको माग

विशेष समयमा बोल्दै सांसद बजगाईंले भने, ‘सन् २०१७ मे १२ मा एमओयू साइन भएको थियो, त्यो डकुमेन्ट हाम्रो संसदमा उपलब्ध छैन, त्यो हामी सार्वभौम नेपालीले हेर्ने गरी र सार्वभौम संसदले पढ्ने गरी उपलब्ध गराइदिन रुलिङ होला भन्ने अपेक्षा गरेको छ।’
‘बीआरआई’ समझदारी संसदमा पेश गर्न कांग्रेस सांसद बजगाईंको माग

काठमाडौं, असार १३: नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेपाल र चीन सरकारबीच भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) समझदारी संसदमा पेश गर्न माग गरेका छन्।

सांसद बजगाईंले सन् २०१७ मे १२ तारेखमा नेपाल र चीन सरकारबीच भएको समझदारी (एमओयू) संसदमा पेश गर्न माग गरेका हुन्।

Hardik ivf

विशेष समयमा बोल्दै सांसद बजगाईंले भने, ‘सन् २०१७ मे १२ मा एमओयू साइन भएको थियो, त्यो डकुमेन्ट हाम्रो संसदमा उपलब्ध छैन, त्यो हामी सार्वभौम नेपालीले हेर्ने गरी र सार्वभौम संसदले पढ्ने गरी उपलब्ध गराइदिन रुलिङ होला भन्ने अपेक्षा गरेको छ।’

चीनसँग ऋण लिनु हुँदैन भन्ने आफ्नो भनाइ नरहेको तर नेपालले चर्को ऋण बोक्न नसक्ने भनाई पनि बजगाईंको छ। उनले कांग्रेस सरकारबाट बाहिर हुनेबित्तिकै नेपालमा बीआरआईको बहस उठाउने गरिएको पनि बताए।

अमेरिकी सहयोग परियोजना एमसीसीमाथि संसदमा वादविवाद र छलफल भएजस्तै बीआरआईको डकुमेन्टमाथि पनि छलफल हुनुपर्ने आवस्यकता उनले औंल्याए।

प्रकाशित मिति: १४:२६ बजे, बिहीबार, असार १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्