Kathmandu Press

‘असारे विकासको प्रवृत्ति अन्त्य हुनुपर्छ’

‘असारे विकासको चर्चा दिनहुँ चल्ने गर्छ, अहिले बजेट पास हुने, अर्को सालको असारमा काम गर्ने, निर्माण व्यवसायीले पैसा नपाएको गुनासो गर्दै हिँड्ने र सम्बन्धित शीर्षकमा विनियोजन भएको बजेट छिटोभन्दा छिटो काम सम्पादन गरेर बिल फछर्यौट गर्नुपर्ने यो प्रणालीको अन्त्य हुनुपर्छ,’ उनले भने।
‘असारे विकासको प्रवृत्ति अन्त्य हुनुपर्छ’

काठमाडौं, असार १३ : सांसद देवेन्द्र पौडेलले आर्थिक वर्षको अन्तिम असारमा मात्रै विकास निर्माणको काम गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले ११ महिना विस्तारै काम गर्ने र आर्थिक वर्ष सकिने बेलामा बिल फछर्यौट लागि छिटोछिटो काम सम्पन्न गरिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए।

Hardik ivf

‘असारे विकासको चर्चा दिनहुँ चल्ने गर्छ, अहिले बजेट पास हुने, अर्को सालको असारमा काम गर्ने, निर्माण व्यवसायीले पैसा नपाएको गुनासो गर्दै हिँड्ने र सम्बन्धित शीर्षकमा विनियोजन भएको बजेट छिटोभन्दा छिटो काम सम्पादन गरेर बिल फछर्यौट गर्नुपर्ने यो प्रणालीको अन्त्य हुनुपर्छ,’ उनले भने।

विपद् पूर्वतयारीमा सरकारको काम अपूर्ण रहेको भन्दै स्रोत, साधन र जनशक्तिको पर्याप्त व्यवस्थासहितको तयारी गर्न आग्रह गर्दै उनले सांसद पौडेलले राजनीतिक दलका कार्यकर्ताहरूलाई पनि विपद् व्यवस्थापनमा परिचालन गर्नुपर्ने बताए।

सांसद पौडेलले गृह मन्त्रालयले घटना हुनासाथ तत्काल उद्धार गर्न सकिने व्यवस्था गर्नुपर्ने बताए।

प्रकाशित मिति: १४:१७ बजे, बिहीबार, असार १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्