Kathmandu Press

भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ

प्रहरीले आफ्नै भाउजु ५० वर्षीया रीतादेवी यादवको हत्या गरेको अभियोगमा औरही नगरगरपालिका–४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई पक्राउ गरेको जनाएको छ।
भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ

महोत्तरी, असार १३ : महोत्तरीको औरही नगरपालिकाबाट आफ्नै भाउजुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले आफ्नै भाउजु ५० वर्षीया रीतादेवी यादवको हत्या गरेको अभियोगमा औरही नगरगरपालिका–४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई पक्राउ गरेको जनाएको छ।

घराययी विवादको क्रममा रामजतनले कोदालोले प्रहार गर्दा गम्भीर घाइते भएकी रीतादेवीको जानकी एकेडेमिक पर्सा महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कठुधार र इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १३:४६ बजे, बिहीबार, असार १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्