किसानलाई रुवाएर हाँसेर बस्ने सरकार जनताको हुन सक्दैन : बास्कोटा
उनले भने, ‘महिनौंदेखि भुक्तानी नदिएर किसान रुवाएर सरकार हाँसेर बस्ने हो? यो जनताको सरकार होइन? जनतालाई जवाफ दिनुपर्छ कि पर्दैन।’
काठमाडौं, असार १३ : एमाले सांसद गोकुल बाँस्कोटाले किसानलाई रुवाएर हाँसेर बस्ने सरकार जनताको हुन नसक्ने बताएका छन्। उनले प्रतिनिधिसभा बैठकमा किसानले दूधको मूल्य किन नपाएको भन्दै प्रश्न गरे।
किसानले दूध बेचेको पाँच अर्बभन्दा बढी रकम नपाएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘महिनौंदेखि भुक्तानी नदिएर किसान रुवाएर सरकार हाँसेर बस्ने हो? यो जनताको सरकार होइन? जनतालाई जवाफ दिनुपर्छ कि पर्दैन।’
दुग्ध विकास स्ंस्थानले एक अर्ब ५५ करोड बढी भुक्तानी गर्न बाँकी रहेको र प्राइभेट सेक्टर नाफामा मात्र लिप्त हुँदा मारमा किसान परेको उनले बताए।
‘अहिलेसम्म एउटै वडामा ६ करोड बढी रकम तिर्न बाँकी छ । यसमा सरकार, प्रधानमन्त्री, अर्थमन्त्री, कृषिमन्त्रीको कुरा के हो?,’ सांसद बास्कोटाले भने।
सरकार चलाउन मात्र होइन जनताको मुद्दामा पनि उत्तिकै चासो राख्न सरकारलाई उनले अनुरोध गरे। दुग्ध विकास संस्थाको क्षमता वृद्धि गर्न के कस्ता काम भए, दुग्ध उद्योग सञ्चालन गर्न के काम भए भन्दै प्रश्न गरे।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)