Kathmandu Press

‘सरकारले फिट गरेको डाइनामाइट पड्कियो भने चट्टानलाई क्षति पुर्‍याउन सक्छ’

उनले सत्ता गठबन्धनको उक्त कार्यले छिमेकीसँगको नीतिलाई ध्वस्त पार्न खोजेको र छिमेकीबीचको सम्बधलाई डाइनामाइट फिट गरेर राखेको आरोप लगाउँदै सरकारले परराष्ट्र नीतिप्रति सचेत हुनुपर्नेमा सचेत गराए।
‘सरकारले फिट गरेको डाइनामाइट पड्कियो भने चट्टानलाई क्षति पुर्‍याउन सक्छ’

काठमाडौं, असार १३ : पूर्व परराष्ट्रमन्त्री तथा कांग्रेस नेता एनपी साउदले सरकारले साझा र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा सत्तारुढ दलहरुबीचमा भएको राजदूत भागन्डाले  कुटनीतिक क्षेत्रमा तरंग पैदा गरेको भन्दै आपत्ति जनाएका छन्।

उनले सत्ता गठबन्धनको उक्त कार्यले छिमेकीसँगको नीतिलाई ध्वस्त पार्न खोजेको र छिमेकीबीचको सम्बधलाई डाइनामाइट फिट गरेर राखेको आरोप लगाउँदै सरकारले परराष्ट्र नीतिप्रति सचेत हुनुपर्नेमा सचेत गराए।  

Hardik ivf

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सरकारले ११ जना राजदूत फिर्ता बोलाएको विषयले नेपालको कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको भन्दै आपत्ति जनाएका हुन्।
‘नेपालले आफ्नो कुटनीति र भरिपूर्ण बनाउने बेलामा ११ राष्ट्रबाट ११ जना राजदुत फिर्ता बोलाएका छौं,’ उनले भने, ‘प्रशासन र कर्मचारीहरूबाट जाने र विभिन्न पेसाबाट जाने राजदूतलाई के कारणले फिर्ता बोलाइयो जानकारी नदिई फिर्ता बोलाइयो । यसले कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको छ।’

यस्तै उनले सरकारले हाल छिमेकी राष्ट्र भारत–चीन सँगको सम्बन्धलाई सन्तुलित र राम्रो  बनाउनुपर्नेमा उल्टो सरकार परिवर्तन भएसँगै परराष्ट्र नीति पनि एकलौटी बनाएर सरकार अघि बढ्न खोजोको आरोप लगाए।

साझा परराष्ट्र नीति हुनुपर्नेमा जोड दिएका नेता साउदले सरकार आफैंलाई नोक्सानी हुने खालको नीतिमा अघि बढ्न खोजिरहेको भन्दै सचेत रहन आग्रह गरेका छन्।  

‘अहिले जसरी यो सरकारले परराष्ट्र नीतिलाई, छिमेकीसँगको नीतिलाई ढुंगाको तरुलको रुपमा भन्दा पनि डाइनामिट फिट गरेर राख्ने प्रयत्न भएको छ,’ उनले भने, ‘म सरकारलाई आग्रह गर्न चाहान्छु, सरकारलाई पनि सचेत गर्न चाहान्छु कि भोलीका दिनमा डाइनामाइट पड्कियो भने चट्टानलाई क्षति पुर्याउन सक्छ। ढुंगालाई क्षति पुर्याउन सक्छ तर, डाइनामाइट पड्किसकेपछि आफू बाँकी रहन सक्दैन । यो तथ्यलाई आत्मसाथ गर्नुपछ।’

उनले चीनलाई हामी बीआरआईमा सम्झौता गर्न तयार छौं भन्ने सन्देश दिने र त्यसलाई सत्ता समिकरण बनाउन प्रियोग गरी भारत र अन्तर्राष्ट्रिय समुदायलाई बीआरआईलाई रोकिराखेका छौं भन्ने कच्चा कुटनीतिक चाल नचल्न सरकारलाई आग्रह गरे।

उक्त कार्यले नेपालको अन्तर्राष्ट्रिय समुदायमा नेपालको प्रतिष्ठा घट्ने भन्दै थपे नेपालले कुटनीतिक व्यवहार गर्दा अग्रजहरुको ज्ञान, सुझावलाई लिनुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित मिति: १३:२२ बजे, बिहीबार, असार १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्