Kathmandu Press

‘सरकारले ल्याएका सबै विधेयकहरु ठिक छ भन्दै लाल मोहर लगाउने प्रवृति गलत’

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा सभापति थापाले सरकारले ल्याएका विधेयकहरुमा रहेका समस्या, गल्ती र कमजोरीलाई सच्याउने दायित्व समितिको भएको बताएका हुन्।
‘सरकारले ल्याएका सबै विधेयकहरु ठिक छ भन्दै लाल मोहर लगाउने प्रवृति गलत’

काठमाडौं, असार १३ : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सरकारले ल्याएका सबै विधेयकहरुमा सबै ठिक छ भन्दै लाल मोहर लगाउने हो भने समितिको औचित्य नहुने बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा सभापति थापाले सरकारले ल्याएका विधेयकहरुमा रहेका समस्या, गल्ती र कमजोरीलाई सच्याउने दायित्व समितिको भएको बताएका हुन्।

सरकारले ल्याएका विधेयकहरु सबै ठिकै छन् भन्ने प्रवृति गलत भएको उनको भनाइ छ।

Hardik ivf

‘सरकारले जे–जे विधेयक ल्याउँछ, त्यसमा लाल मोहर लगाउने हो भने हामी बैठक बसौं एकै दिनमा छाप लगाएर पठाइदिए हुन्छ। यसमा के–के समस्या, गल्ती, कमजोरी छ त्यसलाई सच्याउँने समितिको दायित्व हो,’ उनले भने, ‘समितिले सरकारले ल्याएका कुराहरुमा गल्ती छ भने फिर्ता पनि गर्न सक्छ। जे–जे सरकारले ल्याएको छ त्यो ठिकै छ भनेर छलफल नै नगर्नु पनि भएन। जे निर्देश छ त्यही अनुसार पालना गर्ने विधिले पनि यो देश बिग्रिरहेको छ।’

देश चलाउने जिम्मेवारी समितिहरुको समेत रहेको उल्लेख गर्दै थापाले सरकारले भनेको सबै कुरा मान्नैपर्ने जरुरी रहेको बताए।

उनले भने, ‘यो देश चलाउने जिम्मेवारी हाम्रो पनि हो, भन्ने कुरा सोच्नु पर्छ । प्रधानमन्त्रीले के भन्छ र मन्त्रीले के भन्छ भनेको भरमा देश चलाउने कुरा पनि ठिक होइन्। यसमा सरकारले ल्याएको कुराभन्दा पनि बढि तपाईंहरुको विज्ञता चाहियो।’

नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास नगरिकन समितिबाट विदा नहुने उनको दाबी थियो।

त्यस्तै, शिक्षामन्त्री सुमना श्रेष्ठले पनि काम अनुसार क्षमता भएको व्यक्तिलाई मात्र जिम्मेवारी दिएमात्र समस्याहरुको हल हुन सक्ने बताइन्।

‘कुलपति र सहकुलपति बनेर मात्र फरक हुने होइन्, यो काम के हो त्यो काम गर्नको लागि क्षमता के चाहिन्छ भनेर हेरौं,’ उनले भनिन्, ‘त्यसरी गयौं भने समाधान हुदैँ जान्छ, होइन् भने यसको समाधान हुँदैन। काम अनुसार मान्छे खोज्ने हो, त्यो मान्छेले त्यो काम गर्न सक्छ कि सक्दैन्।’

प्रकाशित मिति: १३:१६ बजे, बिहीबार, असार १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्