सुनको मूल्या प्रतितोला ८ सय रुपैयाँ घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदीको मूल्य घटेको हो।काठमाडौं, असार १३ : बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदीको मूल्य घटेको हो।
बुधबार तोलामा ७ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार फेरी ८ सय रुपैयाँले घटेको हो।
छापावाला सुन प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
तेजावी सुन प्रतिताला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार तेजावी सुनको मूल्य १ लाख ४० हजार ९ सय रुपैयाँ थियो।
बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। बुधबार प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १२:४७ बजे, बिहीबार, असार १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मधेस आन्दोलनका सहिद परिवारले गरे मुख्यमन्त्रीको कार्यालयमा प्रदर्शनआइतबार, मंसिर ९, २०८१
प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले दिए राजीनामाआइतबार, मंसिर ९, २०८१
फोहोर व्यवस्थापनमा राजनीति नगरौं : मन्त्री सिंहआइतबार, मंसिर ९, २०८१