विपदका फाइलहरुमा पनि ध्यान दिन सरकारलाई सांसदहरुको आग्रह
बिहीबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा सांसदहरुले बाढी, पहिरो र चट्याङ्जस्ता प्राकृतिक विपत्तिमा परी देशभरि धनजनको क्षति भइरहेको उल्लेख गर्दै प्रभावकारी रुपमा नागरिकलाई राहत दिनुपर्ने र उद्दार गर्नुपर्नेमा जोड दिएका छन्।
काठमाडौं, असार १३ : प्रतिनिधिसभामा सांसदहरुले मनसुनजन्य विपदका घटनामा तत्काल नागरिकलाई राहत र उद्दार पुर्याउने प्रभावकारी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा सांसदहरुले बाढी, पहिरो र चट्याङ्जस्ता प्राकृतिक विपत्तिमा परी देशभरि धनजनको क्षति भइरहेको उल्लेख गर्दै प्रभावकारी रुपमा नागरिकलाई राहत दिनुपर्ने र उद्दार गर्नुपर्नेमा जोड दिएका छन्।
नेकपा एमालेका सांसद मानवीर राईले देशभर बाढी र पहिरो गइरहेको भन्दै ख्याल गर्न सरकारलाई आग्रह गरे।
‘जिल्लामा गएको बाढी पहिरोको कारण सोलुखुम्बुको सदरमुकाम सल्लेरी, नाम्चे, खुम्बु हुँदै थामडाँडासम्म जाने बाटो दूधकोशी नदीको ओर्लाङघाटमा अवरुद्ध भएको छ,’ उनले भने, ‘नेचा सल्याण गाउँपालिका–२ मा गएको पहिरोले केराबारीमा सर्वधन राईको घर, थुलुङ दूधकोशी–६ मा भिमबहादुर माझी, थुलुङ दूधकोशी–२ मा पनि २ घर पहिरोले बगाएको उल्लेख गर्दै पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग आग्रह गर्छु।’
यस्तै, माओवादी केन्द्रका सांसद अमनलाल मोदीले मोरङ जिल्लामा भएको भारी वर्षाको कारण विराटनगरलगायतको स्थान डुवानमा परेको उल्लेख गर्दै सरकारले उद्दारमा ध्यान नदिएको गुनासो गरे।
जलमग्न बनेको विराटनगरमा राहत र उद्दार कार्यलाई तिव्रता दिनुपर्नेमा उनको जोड छ। ‘सरकारले तुरुन्त उद्दार गर्नुपर्यो कुरा मात्रै गरेर भएन, डुवानमा परेकालाई राहत दिनुपर्यो,’ मोदीले भने।
नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले चट्याङको अर्लट नहुँदा नागरिकले ज्यान गुमाइरहेको बताइन्। एनले भनिन्, ‘मनसुनको बेलामा बाढी पहिरो आउन लाग्यो भनेर अलर्ट गराइन्छ चट्यान पर्न थाल्यो भनेर नागरिकलाई कसरी अलर्ट गराउने?’
कांग्रेसकै सांसद रामहरि खतिवडाले खानेपानी, विद्युत्, सडक लगायतका क्षेत्रमा प्राकृतिक विपद्बाट धेरै जनधनको क्षति भएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए।
उनले एक वर्ष अगाडि ओखलढुंगामा असारमा गएको बाढी पहिरोमा परी १५० भन्दा धेरै घरधुरीका स्थानीय विस्थापिन हुन पुगेको स्मरण गराउँदै एक वर्षसम्म उनिहरुले व्यवस्थापन हुन नसकेको बताए।
उनले गृहमन्त्री रवि लामिछानेलाई पुर्नबासको व्यवस्था गर्न जोड दिँदै व्यङ्ग्यात्मक शैलीमा भने, ‘एक वर्ष अगाडि ओखलढुंगा, ताप्लेजुङ लगायतका जिल्लामा भएका विवदका फाइलहरु गृह मन्त्रालयमा थन्किएर बसेका छन्। म गृहमन्त्रीलाई अनुरोध गर्छु तपाई फाइल धेरै हेरिरहनुभएको छ विपदका फाइलहरुमा पनि ध्यान जाओस्।’
यसैगरी अर्का सांसद मनबहादुर गुरुङले पनि बाढी पहिरो पीडितलाई राहत, घाइतेलाई उपचारको व्यवस्था गर्न माग गरे।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)