Kathmandu Press

लगानी सहजीकरण सम्बन्धी विधेयकमाथि कांग्रेसले सरोकारवालासँग गर्‍यो छलफल

उनले लगानीमा अझ धेरै सहजीकरण गर्न, लगानीको वातावरण सुनिश्चित गर्न र यसको दुरुपयोग हुनुहुँदैन भन्ने कुरामा पार्टी गम्भिर रहेको भन्दै त्यही हिसाबले अगाडि बढ्ने बताए।
लगानी सहजीकरण सम्बन्धी विधेयकमाथि कांग्रेसले सरोकारवालासँग गर्‍यो छलफल

काठमाडौं, असार १२ : नेपाली काङ्ग्रेसले लगानी सहजीकरण सम्बन्धी ऐनमा संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवालाहरुसँग छलफल गरेको छ।

बुधबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले लगानी सहजीकरण विधेयकको कानूनी जटिलता र सहजीकरणका विषयमा सरोकारहरुसँग छलफल गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

Hardik ivf

‘लगानी सहजीकरण सम्बन्धी ऐनमा संशोधन विधेयक संसदमा प्रस्तुत भएको छ। यसका कानूनी जटिलता के छन्, यो सहजीकरणमा सम्बोधन गर्न सकेको छ कि छैन्,’ उनले भने, ‘यसको दुरुपयोग हुने सम्भावना छ कि भन्ने विषयमा कानूनी कोणबाट सुझाव लिने काम भयो, नीजि क्षेत्रको पनि सुझाव आयो, अझै यसको क्रम जारी नै छ।’

उनले लगानीमा अझ धेरै सहजीकरण गर्न, लगानीको वातावरण सुनिश्चित गर्न र यसको दुरुपयोग हुनुहुँदैन भन्ने कुरामा पार्टी गम्भिर रहेको भन्दै त्यही हिसाबले अगाडि बढ्ने बताए।

आम उद्योग व्यवसायीलाई सहजीकरण गर्ने सम्बन्धमा अझ उदार हुनुपर्छ भन्ने उद्योग व्यवसायीहरुको कुरा रहेको पनि उनको भनाइ छ।

प्रकाशित मिति: २०:३४ बजे, बुधबार, असार १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्