प्राचीन स्मारक सहित ३ जना पक्राउ
पक्राउ पर्नेहरूमा रूपन्देही तिलोतमा नगरपालिका–११ बस्ने ५० वर्षीय खिम बहादुर कुँवर, ५० वर्षीय रामु न्यौपाने र दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने ५८ वर्षीय निमबहादुर कुँवर रहेका छन्।बाँके, असार १२ : बाँकेको राप्तिसोनारी गाउँपालिका–८ ढकेरी शम्सेरगंजस्थित सडकबाट प्राचीन स्मारकसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा रूपन्देही तिलोतमा नगरपालिका–११ बस्ने ५० वर्षीय खिम बहादुर कुँवर, ५० वर्षीय रामु न्यौपाने र दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने ५८ वर्षीय निमबहादुर कुँवर रहेका छन्।
उनीहरुलाई ओम नमस् शिवायस् लेखिएको तुलमा बेरी झोलामा लुकाई राखिएको गोलाई १ फिट ६ ईन्च, उचाई ९ ईन्च, तौल ८ किलो ६८० ग्राम भएको पहेंलो धातुमा कालो पालिस लगाएको धातुको जस्तो बुद्धको मूर्ती १ थानसहित प्रहरीले पक्राउ गरेको हो।
उनीहरुको साथबाट ८ ईन्च लम्बाई भएको कटर १ थान, ८ ईन्च लम्बाई भएको पिलास १ थान, ८ ईन्च लम्बाई भएको फलामको रेति १ थान र भारतीय सिमकार्ड १ थानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
उनीहरूमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।