कांग्रेसले गिरिजाप्रसाद कोइरालको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने
प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले शान्तिप्रक्रियाको महानायक गिरिजाप्रसाद कोइरालाको सताब्दी जन्मजयन्तीको अवसरमा फोटो प्रदर्शनी कार्यक्रम आयोजना गर्न जानकारी दिए।
काठमाडौं, असार १२ : नेपाली कांग्रेसले दिवंगत नेता तथा पूर्वप्रधानमन्त्री गिरिप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा यही असार १८ गते ‘क्रान्ति देखी शान्तिसम्म’ विषयक फोटो प्रर्दशनी गर्ने भएको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीका प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले शान्तिप्रक्रियाको महानायक गिरिजाप्रसाद कोइरालाको सताब्दी जन्मजयन्तीको अवसरमा फोटो प्रदर्शनी कार्यक्रम आयोजना गर्न जानकारी दिए।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति केन्द्रीय सूचना सञ्चार तथा प्रचार विभागको आयोजनामा हुने फोटो प्रदर्शनी कांग्रेस केन्द्रीय कार्यालयको परिसरमामा हुनेछ।
‘गिरिप्रसाद कोइरालाको जीवनीसँग जोडेर अथवा नेपाली कांग्रेसका नेताहरुले नेतृत्व गरेका राजनीति र शान्ति प्रक्रिया समेतलाई एकैपटक जनताकाबीचमा सन्देश दिने उद्देश्यकासाथ क्रान्तिदेखि शान्तिसम्म भनेर फोटो प्रर्दशनी कार्यक्रम गर्दैछौं,’ उनले भने।
उनले फोटो प्रदर्शनी कार्यक्रमसँगै जोडेर क्रान्तिदेखि शान्तिसम्म, समुन्नतिको दोस्रो जग, फोटो पत्रकारिता जोखिम र अनुभव लगायतका विषयमा विमर्श कार्यक्रम पनि गर्ने जानकारी गराए।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)