रास्वपा महामन्त्री डा.मुकुल ढकाल भन्छन्– सत्ता र शक्तिको आशक्तिले रास्वपा कमजोर
अहिलेको स्थितिमा अघि बढे रास्वपाको अवस्था विवेकशील साझा पार्टीको जस्तो हुने उनले बताएका छन्।-1699536051.jpg)
काठमाडौं, असार १२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा.मुकुल ढकालले पार्टीको वर्तमान अवस्थाबारे प्रतिवेदन लेख्दै सत्ता र शक्तिको आशक्तिले पार्टी कमजोर बन्दै गएको विश्लेषण गरेका छन्।
महामन्त्री ढकालले उपनिर्वाचनलगत्तै देशका विभिन्न क्षेत्रमा पुगेर उनले प्रतिवेदन तयार पारेका हुन्।
प्रतिवेदनमा ढकालले पार्टीको जनमत कमजोर बन्दै गएको बताएका छन्। अहिलेको स्थितिमा अघि बढे रास्वपाको अवस्था विवेकशील साझा पार्टीको जस्तो हुने उनले बताएका छन्।
सत्ता र शक्तिको आशक्तिले रास्वपा कमजोर हुँदै गएको ठहरसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग मिल्नु हितकर हुने विश्लेषण समेत प्रतिवेदनमा छ।
ढकालले तयार गरेको प्रतिवेदन बुधबार पार्टी सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई हस्तान्तरण गरिएको छ।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)