जंगली च्याउ खाँदा मकवानपुरमा ३ को मृत्यु, १६ जना बिरामी
जंगली च्याउ खाँदा कैलाश–९ नामटारमा चार वर्षीय दिपेश लामा, कैलाश–९ की २५ वर्षीया निरुमाया रुम्बाको मृत्यु भएको छ।
मकवानपुर, असार १२ : जंगली च्याउ खाँदा मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकामा ३ जनाको मृत्यु भएको छ। एक साताको विचमा १६ जना बिरामी भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत असार ३ गतेदेखि १० गतेसम्म उक्त घटना भएको हो।
जंगली च्याउ खाँदा कैलाश–९ नामटारमा चार वर्षीय दिपेश लामा, कैलाश–९ की २५ वर्षीया निरुमाया रुम्बाको मृत्यु भएको छ।
यस्तै राक्सिराङ–७ दुगुवाङका स्थानीय बलबहादुर प्रजाले जङ्गलबाट ल्याएको जङ्गली च्याउ पकाएर खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् भने ५५ वर्षीय बलबहादुरको उपचारका क्रममा मृत्यु भएको छ।
कतिपय बिरामीलाई हेटौँडा अस्पतालमा सामान्य उपचारपछि चितवन लगिएको जनाइएको छ। राक्सिराङ–८ लाचेमा एकै परिवारका चार जना बिरामी भएका छन्। बिरामी परेका आठ जना उपचारपछि घर फकिएका छन्।
प्रकाशित मिति: १६:१२ बजे, बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)