लमजुङ पहिरोमा बेपत्ता चार जनाको शव भेटियो
पहिरोमा पुरिएका ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी चार वर्षीया नम्रता र आठ वर्षीया इच्छा गुरुङको शव भेटिएको छ ।
लमजुङ, असार १२ : लमजुङ बगुममा राती गएको पहिरोमा परी बेपत्ता भएका चारजनाकै शव भेटिएको छ।
लमजुङको क्व्होलासोथार गाउँपालिका–३, बगुमस्थितमा गएराति गएको पहिरोमा पुरिएर चार जना बेपत्ता भएका थिए । प्रहरी र स्थानीयले भग्नावशेषबाट बुधबार शव निकालेका हुन्।
पहिरोमा पुरिएका ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी चार वर्षीया नम्रता र आठ वर्षीया इच्छा गुरुङको शव भेटिएको छ।
मंगलबार राति गएकाे पहिरोले तीनवटा घर पुरेको थियो।
प्रकाशित मिति: १४:०४ बजे, बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)