Kathmandu Press

‘मापदण्ड पूरा नगरी खोलिएका रिहाव सेन्टरहरुमा ताला लगाउँछौं’

उनले सुरक्षा निकायमा गैर कानुनी रुपले आफूले कुनै अर्डर नदिने भन्दै कर्तव्य निष्ठा भएर युवा युवतीलाई विर्गान ड्रग्स सप्लाई गर्नेहरूलाई कुनै चान्स नदिई काम गर्नका लागि आग्रह गरे।
‘मापदण्ड पूरा नगरी खोलिएका रिहाव सेन्टरहरुमा ताला लगाउँछौं’

काठमाडौं, असार १२ : उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले, मापदण्ड पूरा नगरी खोलिएका रिहाव सेन्टरहरुमा मन्त्रालयले ताला लगाउँने बताएका छन्।

बुधबार काठमाडौंमा आसरा सुधार केन्द्रले लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको २०२४ को अवसरमा आयोजना गरेको कार्यक्रममा उनले उपचार गर्ने नाममा महंगा होटेल चलाएको जस्तो गरेर मापदण्ड पूरा नगरि खोलिएका रिहाव सेन्टरहरुमा ताला लगाउँने बताएका हुन्।

Hardik ivf

‘व्यापार गर्न पाउने अधिकारको म सम्मान गर्दछु। तर ड्रग्समा डुबेकालाई उपचार गर्ने नाममा महंगा महंगा होटेल चलाएको जस्तो गरेर बिलमाथि बिल पठाएर मापदण्ड पूरा नगरेर भाषणहरुमा मात्र ठूला कुरा गर्नुभयो भने मन्त्रालयमा तपाईँका सेन्टरहरुमा लगाउने तालाहरु छन्, लगाउनका लागि हामी तयार हुन्छौं,’ उनले भने।

उनले सुरक्षा निकायमा गैर कानुनी रुपले आफूले कुनै अर्डर नदिने भन्दै कर्तव्य निष्ठा भएर युवा युवतीलाई विर्गान ड्रग्स सप्लाई गर्नेहरूलाई कुनै चान्स नदिई काम गर्नका लागि आग्रह गरे।

मन्त्री लामिछानेले लागूऔषध दुरुपयोग निर्मूलका लागि योजना लिएर आएमा मन्त्रालयबाट सबै सहयोगको लागि पहल गर्ने विश्वास दिलाए।

उनले लागूऔषध दुरुपयोग निर्मूलको लडाइ बन्दुक नलिई लडिने लडाइ नभएको भन्दै यसका लागि मन्त्रालयले राष्ट्रिय नीति बनाएर कडाईकासाथ लागू गर्ने बताए।

प्रकाशित मिति: १३:२२ बजे, बुधबार, असार १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्