Kathmandu Press

बीआरआई परियोजनामा सहमतीविनै चिनियाँ उपविदेशमन्त्री स्वदेश फिर्ता

परराष्ट्र मन्त्रालयमा भएको भेटमा कार्यान्वयन योजना दस्तावेजबारे छलफल भए पनि आवश्यक कार्यान्वयन योजना दस्तावेजमा हस्ताक्षर हुन सकेन्।
बीआरआई परियोजनामा सहमतीविनै चिनियाँ उपविदेशमन्त्री स्वदेश फिर्ता

काठमाडौं, असार १२ : चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ नेपाल भ्रमणमा आएका बेला हस्ताक्षर हुने भनिएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको बिषयमा सहमती नसकेपछि थाँती रहेको छ।

बीेआरआईमा हस्ताक्षर नभै वेइडोङ स्वदेश फर्किएका छन्। सोमबार नेपाल आएका चिनियाँ उपविदेशमन्त्री वेइडोङले स्वदेश फर्किनु अघि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका थिए।

Hardik ivf

परराष्ट्र मन्त्रालयमा भएको भेटमा कार्यान्वयन योजना दस्तावेजबारे छलफल भए पनि आवश्यक कार्यान्वयन योजना दस्तावेजमा हस्ताक्षर हुन सकेन्। बीआरआईका कतिपय विषयमा थप छलफल गर्नुपर्ने देखिएकाले दस्तावेजले अन्तिम रुप पाउन नसकेको जनइएको छ।

नेपालले १२ मे २०१७ मा बीआरआईमा हस्ताक्षर गरे पनि अहिलेसम्म कुनै परियोजना अघि बढाएको छैन।

 

प्रकाशित मिति: १२:५१ बजे, बुधबार, असार १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्