ओखलढुंगामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते
चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा आज बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।ओखलढुंगा, असार १२ : ओखलढुंगामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा आज बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।
पहिरामा परी देवकुमारीका श्रीमान् ३९ वर्षीय बाबुराम खत्री र छोरी १८ वर्षीया मेनुका गम्भीर घाइते भएका छन्।
प्रहरी चौकी सेर्नाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा दुवैजनाको उद्धार गरिएको हो।
उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ। पहिरोले एकतले घर र गोठ पुरिएको छ।
प्रकाशित मिति: १२:०५ बजे, बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानीबुधबार, मंसिर १२, २०८१
यी भू-भागमा वर्षाको सम्भावनाबुधबार, मंसिर १२, २०८१
बसाइँसराइले ग्रामीण क्षेत्र सुनसान, बुढापाकालाई गाउँ रित्तिने चिन्ताबुधबार, मंसिर १२, २०८१
काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दोबुधबार, मंसिर १२, २०८१